
चैत्र,२५- फिल्म ‘हेल्लो जिन्दगी’का निर्देशक एभरेष्ट सूर्य बोहोराले नयाँ फिल्म बनाउने भएका छन् । उनले यही फिल्मका केही र नयाँ केही कलाकार लिएर अर्काे फिल्म बनाउने भएका हुन् । फिल्म ‘हेल्लो जिन्दगी’ हेर्नेले फिल्म र कामको बिषयमा आफुलाई सकारात्मक प्रतिक्रिया दिएको कारण छिट्टै नयाँ फिल्म सुरु गर्ने तयारी गरेका निर्देशक बोहोराले बताए ।

बोहोराको अवको फिल्ममा पनि अभिनेता विक्रम डी जोशी रहनेछन् । किनभने शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘हेल्लो जिन्दगी’मा रहेको बिक्रमको अभिनय पनि धेरैले तारिफ गरेका छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म यो साताबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । देशभरका केही सिंगल थियटरमा फिल्म दोस्रो सातामा प्रवेश गर्न सफल भएको हो ।
दर्शकबाट मिश्रित प्रतिक्रिया पाउन सफल फिल्मलाई अभिनेता मदनकृष्ण श्रेष्ठ, रविन्द्र झा लगायत सेलिब्रेटीले आफुलाई राम्रो लागेको र फिल्म समेत राम्रो बनेको प्रतिक्रिया दिएका थिए । ‘फिल्मको कथा सरर बगेको छ । विदेशमा बस्नेहरुको समस्या पनि देखाइएको छ,’ कलाकार श्रेष्ठले भनेका थिए, ‘कतिपय फिल्म राम्रो नलागे पनि राम्रो भन्दिनुपर्ने हुन्छ । तर यो फिल्म राम्रो रहेछ ।’
अभिनेता रविन्द्र झाले पनि फिल्मले मन छोएको बताए । उनले फिल्मको कथा, निर्देशन, कलाकारको अभिनय सबै मन परेको बताए थिए । फिल्ममा विक्रम डी जोशी, प्रियंका कार्की, दीपिका प्रसाईं, विल्सन विक्रम राई, विक्रान्त बस्नेत, निर्देशक बोहरा स्वयम्, सविता गुरुङ, सनमकुमार बैराग, विभिया श्रेष्ठ, जानकी पन्त, मनोज केसी, ध्रुव दत्त, कुमुद पन्तलगायतले अभिनय छ ।
सत्य घटनाहरुबाट प्रभावित फिल्मको निर्मातामा विक्रम डि जोशी र हिराल जोशी हुन्, भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ रहेका छन् । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस् सहकार्यमा वीरञ्जना इन्टरटेन्मेन्टको ब्यानरमा फिल्म निर्माण गरेका हुन् ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर