
चैत्र,२५- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षत्रमा व्यापार गरिरहेको बताएका छन् । एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अधिवेशनलाई सम्बोधन गर्दै नेपालमा कलेज संचालन गर्न नदिएर विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको बताएका हुन् ।

उनले भने, ‘नेपालमा स्वास्थ्य तथा इन्जिनियर पठाउनका लागि कलेजका भवन भनाएका छन् । तर ती कलेजलाई अनुमति दिएको छैन । नेपालमा स्वास्थ्यको विश्वविद्यालय हुनुपर्छ, नेपालमा मेडिकल कलेज खाेल्नु पर्ने हो । तर त्यसलाई राेक्न लागेका छन् । विदेशमा विद्यार्थी पठाएर पैसा खानेको समुह छ । विद्यार्थीलाई बाहिर पठाउने व्यापार बढेको छ । स्वास्थ्य तथा इन्जिनियरको लागि भवन भनेका छन् । तर स्वीकृत दिएको छैन ।’
अध्यक्ष ओलीले डा गोविन्द केसीलाई लक्षित गर्दै एक जनाले सुत्दम भन्दा सरकार डरले थरथर हुने गरेको बताए । उनले भने, ‘स्वास्थ्य शिक्षाको हब बनाऊँ भन्यो भने एक जना भन्छ,हस्पिटल खोल्ने ? सुत्दिम त ? नखाई बस्दिम् त ? भनेपछि सरकार थरर । एक थरी विद्यार्थी बाहिर पठाउने गिरोहले फेसबुकमा क्याम्पेन चलाउँछन् । इन्जिनियर र डाक्टर एजुकेसन चलाउन पाइँदैन भन्छन् ।’
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर