
चैत्र,२५- नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रोल्पाको गंगादेव गाउँपालिका अध्यक्षमा उम्मेदवार घोषणा गरेको छ। विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य चूडामणि ओली‘आदर्श’लाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

पार्टीले आधिकारिक रुपमा स्वतन्त्र उम्मेदवारको रुपमा आफूलाई सिफारिस गरेको ओलीले बताए। ‘मलाई पार्टीले गंगादेव गाउँपलिका अध्यक्षमा सिफारिस गर्यो। अहिले कुनै दलसँग तालमेल गर्ने भन्ने छैन। स्वतन्त्र उम्मेदवारी दिन्छु’ रातोपाटीसँग कुरा गर्दै ओलीले भने, ‘मैले गाउँपालिका अध्यक्ष सजिलै जित्छु। सबै जनताले साथ दिन्छन् त्यसमा कुनै शंका छैन।’
तत्कालीन माओवादी जनयुद्धमा लामो योगदान गरेकाले सबै माओवादी पृष्ठभूमिका नेता कार्यकर्तालाई साथ दिने ओलीको विश्वास छ। यसअघि गंगगादेव गाउँपालिका अध्यक्ष माओवादी केन्द्रबाट वीरबहादुर खत्रीले जितेका थिए। विप्लव नेतृत्वको नेकपाबाट ओलीको नाम सिफारिस भएपछि माओवादी केन्द्रलाई चुनाव जित्न कठिन हुने बताएको छ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर