• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कर्णाली

बादी समुदायको माग : पहिले लालपुर्जा, अनि भोट !

खप्तड मालिका न्युज April 8, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

  चैत्र,२५-  दैलेखको सदरमुकाम हो, नारायण नगरपालिका। नारायण नगरपालिकाको आँगनमै पर्छ बादी नमुना बस्ती । यस बस्ती भएर पालिका उप प्रमुख, प्रमुखदेखि सांसद, मन्त्रीसम्म आउजाउ गर्छन् । नमुना बस्तीको छोएरै जिल्लाका विभिन्न ठाउँहरू पुग्छन् । तर, नमुना बस्तीको समस्या समाधानमा कसैले चासो देखाएनन् । जब चुनाब आउन थाल्छ, तब मात्र नेताहरू नमुना बस्तीमा पुग्छन् र समस्या समाधान गर्ने आश्वासन दिन्छन् । चुनावी एजेण्डा बनाउँछन्, चुनाव जित्छन् । उनीहरू फर्किएर आउँदैनन् र समस्या ज्यूँकात्यूँ रहेका हुन्छ । वर्षौँदेखि यही पीडाबाट गुज्रिरहेका छन्– नारायण नगरपालिका ६ स्थित नमुना बादी समुदाय ।
हरेक निर्वाचनमा आफ्नो बस्तीको एजेण्डा बने पनि समाधान भने हुन नसकेको राजन बादी बताउँछन् । ‘लालपुर्जाविना यहाँ बस्न थालेको १८ वर्ष बित्यो,’ उनले भने, ‘अहिलेसम्म नेताहरूको कमाइ खाने भाँडो र चुनावी एजेण्डा मात्र भयौँ ।’
दैलेखको नारायण नगरपालिकास्थित नमूना बस्तीमा बस्दै आएका ५१ घरपरिवार रहेका बादी समुदायलाई १८ वर्ष बितिसक्दा पनि सरकारले अझै व्यवस्थापन गर्न सकेको छैन । सदरमुकामसमेत रहेको नारायण नगरपालिका –६ गणेशचोकको पछाडि भिरालो जग्गामा ५१ घरधरी बसोबास गर्दै आएका छन् ।
तत्कालीन द्वन्द्वकालमा राज्य र माओवादी दुवै पक्षबाट असुरक्षित भएपछि उनीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट ल्याएर उक्त ठाउँमा राखिएको थियो । अहिले उनीहरू बिहानदेखि साँझसम्म अरूकै घरमा ज्याला मजदुरी गरेर साँझ बिहानको छाक टारिरहेका छन् । अहिले उनीहरूसँग न त जमिन छ, न त आफू बस्ने घरको जमिनको लालपुर्जा नै छ । जब–जब चुनाव आउन थाल्छ, तब–तब नेताहरू बस्तीमा पुग्छन् र भन्छन, ‘हामीलाई भोट दिनुहोस्, तपाईँको अमूल्य भोटले हामीले जित्यौँ भने तपाईँका समस्या हल गर्नेछौँ ।’ तर, जितेपछि फर्केर आउँदैनन् ।
आशा निराशामा परिणत हुँदै
स्थानीय सरकार आएपछि नमूना बस्तीका बादी समुदायलाई आफ्ना दैनिकी फेरिने आशा थियो । तर, उक्त आशाहरू सबै निराशामा परिणत हुँदै गएको बादी समुदायकी अगुवा गीता बादी बताउँछिन् । ‘सरकारले आश्वासन दिएअनुसार नै लालपुर्जा मात्र दिएको भए पनि गाँस र कपासको त व्यवस्था आफैँ गरिहाल्ने थियौँ,’ उनले भनिन्, ‘१८ वर्षदेखि बसोबास गरेको जग्गा आफूहरूले नै प्रयोग गर्न पाउनु पर्छ ।’
बस्तीका सबै एकजुट भएर हाम्रा माग पूरा नभएसम्म कसैलाई भोट दिदैनौैँ उनले बताइन् । नमूना बस्तीकै गोरबहादुर बादीले पनि यसअघि भएका निर्वाचनका बेला नेताहरूले पटकपटक बस्तीमा आई झुक्याएकोले अब काम नगरी भोट नदिने बताए ।
यहाँका समुदायको दैनिकी बिहान साँझ छाक टार्नका लागि दिनभर सदरमुकाममा आउने ठूलाठूला मालबाहक गाडीहरूमा आएको समान लोड अनलोड गरेर कमाएको थोरै पैसाले छाक टार्दै आएका छन ।
लालपुर्जा नहुँदा सेवा सुविधाबाट बञ्चित
लालपुर्जा नभएकै कारण यहाँका नागरिकले सरकारले दिने विभिन्न सेवासुविधाबाट पनि वञ्चित हुँदै आउनु परेको छ । राष्ट्रिय भूमि आयोग दैलेखका अध्यक्ष नयाँराम थापाले भूमिहीन नागरिकले छिटै लालपुर्जा पाउने बताए । ‘स्थानीय सरकारको वडादेखि जति छिटो विवरण आयोगको जिल्ला समितिमा प्राप्त हुन्छ,’ उनले भने, ‘त्यहीअनुसार तत्काल भू–स्वामीत्वविहीन नागरिकहरूले जग्गाको लालपुर्जा पाउनेछन् ।’
३५ दिने सुचना मागेर दुई किसिमको फारम भरिसकेपछि आयोग विगठन भएको नारायण नगरपालिका मेयर रत्नबहादुर खड्का बताउँछन् । अहिले पुन आयोग गठन भएपछि भुमि आयोगको केन्द्रीय कार्यालयमा पुगेर सम्झौता गरेर आएको बताएका मेयर खड्का बताउँछन्, ‘पालिकास्तरीय बैठक बसेर ३५ दिने सूचनाको लागि थप म्याप गरेर सुचना खुलेको छ ।’

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑