
चैत्र,२५- तेल अभिभमा गोली चल्दा २ जनाको मृत्यु भएको छ । भने, कयौं घाइते भएका छन् । विगत २ सातामा इजरायलमा भएको यस किसिमको हमला चौंथो हो । घटनाको केही घन्टाभित्रै इजरायलले आक्रमणकारीलाई मारेको पुष्टि गरेको छ । इजरायली अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले लेखेको छ, ‘हिजोको हमला गर्ने आतंकवादीलाई खोजेर मारिएको छ ।’

गोलीबारी तेल अभिभको डाइजनङगफ स्ट्रिटमा भएको थियो । जुन सबैभन्दा वयस्त स्थान मध्येको एक मानिदै आएको छ । बार र रेष्टुँरावाला क्षेत्र भएकाले यहाँ मानिसको आवतजावत पनि धेरै रहँदै आएको छ ।
इजरायलको आपतकालनि सेवाका प्रवक्ताका अनुसार हमलापछि घाइते भएका ९ जनालाई अस्पताल लगिएको थियो । जसमध्ये ४ को अवस्थामा गम्भीर छ । बिहीबार राति जारी गरिएको बयानमा इजरायलका प्रधानमनत्री नफ्ताली बेनेटले हमलामा मारिएका मानिसको परिवारप्रति समवेदना व्यक्त गर्दै भनेका छन्,‘इजरायली सुरक्षा सेवाले उक्त आतंकवादीको खोजी गरिरहेको छ, जसमा तेल अभिभमा यो हत्या गरेको थियो ।
प्रधानमन्त्री बेनेटले भने,‘आतंकवादी जहाँ भएपनि हामी उसलाई फेला पार्न र सबै मानिस सीधा वा परोक्ष रुपमा उसको सहयोग गरेका छन्, उनीहरुले यसको मूल्य चुकाउनु पर्छ ।’
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर