
चैत्र,२५- गम्भीर आर्थिक संकटबाट जुझिरहेको श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट कर्जा माग्ने भएको छ । यसका साथै श्रीलंकाले एसियाली विकास बैंक र विश्व बैंकसँग पनि कर्जा लिने तयारी गरिरहेको छ । आईएमएफसँग यस बारेमा कुरा गर्न वित्तीय विशेषज्ञको ३ सदस्यीय सल्लाहकार समिति बनाइएको छ ।
यो कमिटीले सेन्ट्रल बैंक अफ श्रीलंकाका पूर्व गभर्नर इन्द्रजीत कुमारस्वामीलाई समावेश गरेको छ । कमिटीले कर्जा संकटलाई हटाउन उपायको सुझाव पेश गर्नका लागि भनेको छ । यसैबीच एसियाली विकास बैंकले २०२२ मा श्रीलंकाको आर्थिक वृद्धिमा २.५ प्रतिशतको सामान्य सुधार हुने अनुमान गरेको छ ।
पूर्वमन्त्रीको आरोप–राजपक्षेको परिवारले देश लुट्यो
राजपक्षे सरकारको बिरुद्धमा देशभर प्रदर्शनकाबीच पूर्व मन्त्री र सांसद चंपिका राणावाले राजपक्षेको परिवारले देशलाई धेरै नै लुटेको आरोप लगाइन् । २००४ देखि २०१४ सम्म आफ्नो कार्यकालको अवधिमा राजपक्षेले १९ अर्ब अमेरिकी डलर हिनामिना गरेको आरोप उनले लगाएकी छिन् । सरकारले अन्तर्राष्ट्रिय वित्तीय बजारबाट ठूलो परिमाणमा पैसा लिएको र त्यसलाई समयमै नतिरेको आरोप राणावाको छ । यसको परिणाम पुरै देशले भोगिरहेको उनको भनाइ छ ।

यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर