• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

मधेस प्रदेशमा आगलागीका ५९० घटना, २५ को मृत्यु

खप्तड मालिका न्युज April 8, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,२५-  बाराको परवानीपुर गाउँपालिका–५ नौतनकी कुन्तीदेवी साह खरले छाएको घरमा सुतेकी थिइन । खाना खाएर नाती नातिनासँगै मध्याह्न करिब १२ बजेतिर मस्त निद्रामा रहेकी कुन्तीले घरमा आगो लागेको सुइँको पाउन सकेकी थिइनन् । आधा घर जलिसक्दा पनि कुन्तीसहित उनकी ५ वर्षीय नातिनी सृष्टि कुमारी र २ वर्षीय नाती शिवम सुतिरहेकै थिए । छिमेकी शेषमन साहको गोठबाट सुरु भएको आगलागीले एकैछिनमा कुन्तीको आधी घर जलाइसकेको थियो । तर उनीहरुलाई घरमा आगो लागेको कुनै अत्तोपत्तो थिएन ।

कुन्तीका श्रीमान् मोतिलाल साह कानु तथा छोरा बुहारी रोजगारीको सिलसिलामा खाना खाएर बीरगंजतिर गएका थिए । गाउँका अधिकांश पुरुष पनि रोजगारीका लागि बीरगंज लगायतका स्थानमा गएका थिए । काम गर्न नसक्ने तथा कलिला बालबालिका बाहेक छिटफुट रुपमा केही युवामात्र गाउँमा थिए । घर जलिरहेको देखेर छिमेकी समतोला देवी कानुले कराउँदै आगो निभाउन गुहार माग्न थालिन् । उनले कुन्तीको नाम लिँदै ‘घरबाहिर निस्क, तिम्रो घरमा आगो लाग्या छ’ भन्दै कराउन थालेपछि कुन्ती घर बाहिर निस्केकी थिइन् ।

‘घर बाहिर निस्किँदा आधी घर जलिसकेको थियो,’ उनले भनिन्, ‘हतार हतारमा नाती नातिनीलाई पनि स्थानीयवासीको सहयोगमा बाहिर निकाल्न भ्याएँ,’ उनले भनिन्, ‘त्यसपछि दोहो¥याएर घरमा पस्न सकिएन । हेर्दाहेर्दा घरसँगै भित्रको सबै सामान, नगद जलेर खरानी भयो । गाउँलेले तत्कालै दमकललाई फोन गर्दा पनि समयमै आउन नसक्दा अन्नपात, घरमा राखिएको नगद, गरगहना, लताकपडा, भाँडाकुडा, पलङ लगायतका सबै सामान जलेको पीडित कुन्तीले रातोपाटीलाई जानकारी दिइन् ।

जेनतेन गरेर बनाएको घर जलेर खरानी भएको खबरले मोतीलाललाई एक छिन रिंगटा नै लागेको थियो । परिवार चलाउन सकस खेप्दै आएका मोतीलाललाई ओत लाग्ने सहारा खोसिएपछि पीडा थपिएको छ । बढ्दो महँगीको सामना गरिरहेको बेला आगलागीको बज्रपातले थपिएको पीडा सहन नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ ।

शेषमन र मोतीलाल दुवै जनाका गरी करिब ११ लाख रुपैयाँ बराबरको धनमाल जलेर खरानी भएको छ । घटनाबारे जानकारी पाउने बितिकै परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साहले खानेकुरा, भाँडाकुडा, चामल, दाल, ओत लाग्न प्लाष्टिकको त्रिपाल सहितको राहत सामाग्री पीडित परिवारलाई उपलब्ध गराएका थिए । उनले आगलागीबाट गाउँबस्तीलाई जोगाउन हरहमेसा चनाखो बस्न स्थानीयलाई सुझाव दिए भने पीडित परिवारलाई पुरानो अवस्थामा फर्काउन थप सहयोग गर्ने आश्वासन पनि दिए ।

आगलागी कसरी सुरु भएको हो भन्ने खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । पछिल्लो ३ साता यता बारामा १३ वटा घर गोठमा आगलागी हुँदा करिब ३१ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको उनले जानकारी दिए । गर्मी सुरु भएसँगै बारामा एक÷दुई दिनको अन्तरालमा आगलागीको घटना हुने गरेको उनको भनाइ छ ।

यी घटना प्रतिनिधिपात्र मात्र हुन । वर्षौँदेखि कमाएर जोडेको घर, सम्पत्ति एकछिनको आगोले खरानी बनाइदिने गरेको छ । आगलागीको घटना बारम्बार भए पनि सर्वसाधारणले किन सावधानी अपनाउन सकेका छैनन् भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । सावधानी नअपनाउँदा बर्सेनि मधेस प्रदेशको ८ वटै जिल्लामा आगलागीको घटना दोहोरिने गरेको छ ।

मधेस प्रदेशमा पाँच सय ९० आगलागी

साउन यता मधेस प्रदेशको ८ वटै जिल्लामा गरी अहिले सम्म ५९० वटा आगलागीका घटना भएका छन् । यी आगलागीका घटनामा परेर १७ जना महिला, ६ जना बालबालिका २ जना पुरुष गरी २५ जनाको मृत्यु भइसकेको छ ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार, साउन यता ६१ जना महिला, ९ जना बालबालिका र १० जना पुरुष जलेर घाइते भई अंगभंग भएका छन । यो अवधिमा आगलागीमै परेर १८ सय ७३ वटा चौपाया जलेर मरेका छन् भने ६३ वटा चौपाया घाइते भएका छन ।

आगलागीमा परेर २४ वटा पक्की, २ सय २६ वटा कच्ची र १२१ वटा गोठ जलेर ध्वस्त भएको छ । आगलागीमा फसेका एक हजार ७६ जनाको स्थानीय प्रहरीको सहयोगमा उद्धार गरिएको मधेस प्रदेश प्रहरी कार्यालय प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक योगबहादुर पालले जानकारी दिए ।

यी सबै आगलागीमा गरेर अहिले सम्म २३ करोड १७ लाख ८३ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी तथ्याङ्कले देखाएको छ । साउन यता रौतहट जिल्लामा मात्र आगलागीका ८० वटा घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यी आगलागीमा रौतहटमा मात्र एक करोड ३३ लाख १४ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीको पूर्व तयारी प्रणाली कमजोर

स्थानीय पालिका तथा जिल्ला विपद व्यवस्थापनकै कमजोरीका कारण मधेस प्रदेशमा भइरहेको आगलागीका घटनामा ठुलो जनधनको क्षति हुने गरेको छ ।

पालिकाहरुले आगलागी नियन्त्रण गर्न खरिद गरेको दमकल सडकमा पानी छर्ने, सेनिटाईजर छर्ने, भीआईपी नेताहरुको कार्यक्रममा फिल्डमा पानी छर्ने काममा बढी प्रयोग हुने गरेका छन् । अन्य काममा प्रयोग गरिएका दमकल चुस्तदुरुस्त अवस्थामा नराखिएका कारण तथा दमकलका कर्मचारी तम्तयार अवस्थामा नबस्दा आगलागीलाई समयमा नियन्त्रण गर्न नसकेर ठुलो जनधनको क्षति हुने गरेको पीडितहरुको भनाइ छ ।

समयमा आगलागी नियन्त्रण गर्न नसक्दा यही चैत १२ गते दिउँसो सर्लाहीको धनकौल गाउँपालिका–५, हरकठहामा एकै पटक १४ वटा घरगोठ जलेर खरानी भए । जसमा करिब २६ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यसैगरी ३ साता अघि सप्तरीको तिलाठी गाउँपालिकामा एउटै टोलका १० वटा घर जलेर खरानी बने । गर्मीको बेलामा तराईमा आगलागीका घटना बढी हुने गरेकाले जिल्ला विपद व्यवस्थापन समिति तयारी अवस्थामा रहेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराम सेढाईले जानकारी दिए । आगलागी नियन्त्रण गर्ने संयन्त्र पालिकाहरुसँग रहेको र त्यसलाई सञ्चालन गर्ने जिम्मेवारी उनीहरुकै रहेकाले बैठक राखेर सबै पालिका प्रमुखलाई सचेत गराइएको उनले जानकारी दिए ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑