• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 30, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

सुदूरपश्चिमको राजधानीमै चल्दैन नेपाल टेलिकमको ‘फोरजी’ सेवा

खप्तड मालिका न्युज April 7, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी: सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा नेपाल टेलिकमको नेटवर्कले काम नगर्ने समस्या रहेको गुनासो बढ्दै गएको छ। विशेषगरी धनगढीको वडा नम्बर १६ र १७ मा नेपाल टेलिकमको नेटवर्कमा समस्या आउने गरेको स्थानीयले गुनासो गरेका हुन्। उपमहानगरको ग्रामीण क्षेत्रमा पर्ने रामपुर, बेहडाबाबा, भादा लगायतको गाउँमा तीब्र गतिको मोबाइल इन्टरेनट (फोरजी) सेवा उपभोग गर्न समस्या हुने गरेको छ। इन्टरनेट सेवा मात्रै नभएर फोन सेवामा पनि बेलाबेलामा समस्या आउने गरेको वडा नम्बर १६ का स्थानीय वीरेन्द्र बुढाले दिनेशखबरलाई बताए।

‘उपमहानगको वडा नम्बर १६ र १७ का केही बस्तीमा राम्रोसँग इन्टरनेट नचल्दा अनलाइनबाट गर्नुपर्ने काम गर्न समस्या हुने गरेको छ’ उनले भने, ‘बेहडाबाबा मन्दिरमा भारतबाटसमेत भक्तजन आउने गरेका छन्। तर मन्दिर परिसरसहित थुप्रै टोल तथा बस्तीमा नेटवर्क नहुँदा नेटको प्रयोगबाट हुने काम गर्न घसिटा जानुपर्ने बाध्यता छ।’

वडा नम्बर १७ को धुर्जन्नामा नेपाल टेलिकमको टावर निर्माण भइरहेको तथा एक महिनाभित्रै तिव्र गतिको इन्टरनेट सेवा सर्वसाधारणले प्रयोग गर्न पाउने नेपाल टेलिकम धनगढी शाखाले बताएको छ। वडा नम्बर १६ र १७ को विभिन्न ठाउँमा टावर रहेको भए पनि बीचमा जङ्गल क्षेत्र रहेकोले नेटवर्कमा समस्या आउने गरेको नेपाल टेलिकम धनगढी कार्यालका प्रमुख सुरतबहादुर मल्लले बताए। ‘धुर्जन्नामा वैशाख अन्तिम सातासम्म टावर बनिसक्छ। वैशाखपछि समस्या हुँदैन’ उनले भने।

वडा नम्बर १६ मा रहेको पर्यटकीय एवं धार्मिक क्षेत्र बेहडाबाबा मन्दिर प्राङ्गणमै टेलिकमको नेटवर्कमा समस्या छ। भारत तथा नेपालको विभिन्न ठाउँबाट आउने भक्तजनले मन्दिर क्षेत्रमा नेटवर्क नहुँदा समस्या भएको बताउने गरेका छन्।

वडाका अन्य टोल तथा बस्तीमा पनि नेटवर्क नहुँदा सामाजिक सञ्जाल तथा अन्य विभिद पक्षसँग जोडिन नपाएको स्थानीयको गुनासो छ। तर बुधबार नै स्थानीयको गुनासो आएपछि त्यो क्षेत्रमा रहेका नेपाल टेलिकमको टावरमा थप उपकरण जोड्ने काम भएको र इन्टरनेट सेवा दीर्घकालसम्मका लागि सहज भएको नेपाल टेलिकम धनगढी शाखा प्रमुख मल्लले बताए। ‘बुधबार गुनासो आउनासाथ हामीले टावरलाई अप्टिमाइज गरेका छौँ, उनले भने, ‘त्यसपछि त्यो क्षेत्रमा नेटवर्को समस्या हटेको छ।’

वडा नम्बर १६ र १७ का स्थानीयले कच्ची सडक, खानेपानी तथा नदीमा पुल नबन्दा उपमहानगरपालिकामा भए पनि दुर्गम बस्तीको जस्तै नियति भोग्नु परेको गुनासो गरेका छन्। गुनासो गर्ना साथ टेलिकमको नेटवर्कले काम गरेजस्तै सडक, खानेपानी, तटबन्ध जस्ता पूर्वाधारको विकास हुनुपर्ने माग उनीहरुले गरेका छन्।

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑