
चैत्र,२४- ‘ट्रेजमी मिस ग्लोबल इन्टरनेसनल नेपाल २०२२’ आयोजना हुने भएका छ । आयोजक काजी प्रोडक्सनले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला गरेको हो । प्रतियोगिताको छनौट चरणको अडिसन ३ वैशाखमा आयोजना हुँदैछ । ठमेलस्थित टोटोज पवमा हुने अडिसनमा १६ वर्षदेखि ३० वर्षसम्म उमेर समूहका युवतीहरूले आवेदन दिएर भाग लिन सक्ने आयोजकले जनाएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत सुशान्तकाजी श्रेष्ठले उपत्यका लगायत मोफसलका विभिन्न स्थानबाट व्यावसायिक मोडल बन्ने लक्ष्य लिएका युवतीहरू प्रतियोगितामा सहभागी हुन सक्ने बताए । ‘फेसन तथा मोडलिङ क्षेत्रमा प्रवेश गर्न चाहने युवतीहरूको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको अवसरसँगै उनीहरूको आन्तरिक क्षमता विकास गर्ने हाम्रो उद्देश्य हो’ श्रेष्ठले भने ।
प्रतियोगिताका विजेताले ‘मिस ग्लोबल इन्टरनेसनल नेपाल २०२२’कोे ताजसहित अन्तर्राष्ट्रियस्तरमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसरसँगै विभिन्न उपहार पाउनेछन् ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर