• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

अनमोल–सुहाना भन्छन्, ‘भगवान‍्मा त खोट देख्छन् मान्छे, हामी त सिक्दै छौँ नि’

खप्तड मालिका न्युज April 7, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,२४-  चलचित्र ए मेरो हजुर–४ प्रदर्शनको तयारीमा छ । चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा फिल्मका दुई ‘स्टार कास्ट’ अनमोल केसी र सुहाना थापा वैशाख १ गतेको व्यग्र प्रतीक्षामा छन् । उनीहरू भन्छन्, “झण्डै तीन वर्षको प्रतीक्षापछि हामी हलमा जाँदै छौँ । दर्शक फ्यान, फलोवर्सका बीचमा जाँदै छौँ, त्यसैले केही डर छ तर उत्साह पनि उत्तिकै छ ।”

अभिनेत्री झरना थापाको निर्देशन अनि श्रीमान् सुनिलकुमार थापाको लगानीमा निर्माण गरिएको चलचित्र हो ए मेरो हजुर–४ । अनि उनकै छोरी सुहाना थापा र चक्लेटी अभिनेता अनमोल केसी मुख्य अभिनयमा छन् । फिल्ममा सुहानाले एक नेवार समुदायको पात्रका रूपमा आफूलाई उभ्याएकी छिन् भने अनमोल एक बारिस्ताको भूमिकामा छन् । जसलाई दर्शकले मन पराइदिनेमा उनीहरू विश्वस्त छन् ।

यसबारेमा अभिनेता अनमोल भन्छन्, “फिल्ममा म सामान्य कफी बनाउने केटाको भूमिकामा छु, जुन भूमिका भयङ्कर छ, अहिलेसम्म कसैले देखेकै छैन त भन्दिनँ तर एउटा सुन्दर प्रेम कथा बोकेको चलचित्रमा एउटा ‘लभर ब्वाइ’को प्रेमको टेस्ट फरक पाउनु हुनेछ, सिङ्गो चलचित्रको स्वाद नै दर्शकले फरक पाउनु हुनेछ ।’

नयाँ वर्षमा नयाँ फिल्ममार्फत दर्शक स्रोतामाझ आउने तरखरमा रहिरहँदा सुहाना र अनमोललाई सफलता र निरन्तरताको चुनौती छ । पारिवारिक विरासतको पनि उनीहरूलाई उत्तिकै चिन्ता छ ।

यस विषयमा सुहाना भन्छिन्, “वर्कसपपछि जब क्यारेक्टरमा भिजिसक्छु अब केही नसोची क्यारेक्टरमा मात्र सोचौँ । तर त्योभन्दा अगाडि चाहिँ स्क्रिप्टले मागेको क्यारेक्टरमा काम गर्दा मैले मेरो पारिवारिक विरासत कायम गर्न सक्छु कि सक्दिनँ, दर्शकको ‘एस्पेक्टेसन’ पूरा गर्न/बुझाउन सक्छु कि सक्दिनँ भन्ने डर लागिरहेको हुन्छ ।

यो विषयमा अनमोल पनि सजक छन् । भन्छन्, “यो विरासतको कुरा एकदमै मनमा आइरहन्छ । मलाई एउटा हिरो, एउटा अभिनेता मात्र नभएर सिङ्गो नेपाली चलचित्र उद्योगलाई नै कसरी माथि लैजाने भन्ने सोच आइरहेको हुन्छ । जुन बाबाको विरासतकै कारणले भइरहेको जस्तो लाग्छ ।’

अनमोल थप्छन्, “यो मेरो मात्र परिचय बोकेको ठाउँ होइन, यहाँ मेरो बुबाको परिचय छ, अग्रज अभिनेताहरूको पनि नाम यही उद्योगसँग जोडिएको छ । त्यसैले यहाँ म हिरो हुने होइन कि, यो उद्योग बाँचिरहनु महत्त्वपूर्ण हो । यो विषयले दबाब महसुस भइरहेको हुन्छ ।”

चक्लेटी हिरोको ट्याग पाएका अनमोल अब भर्सटायल अभिनेताका रूपमा देखिन चाहन्छन् । आफ्नो विगतलाई सम्झेर वा प्राप्त आलोचना र टिप्पणीलाई उनी सुझाव र सल्लाहको स्रोत मान्छन् । उनी आफैलाई प्रश्न गर्छन्, “म चलचित्र उद्योगमा आउँदा मात्र १७ वर्षको थिएँ । जतिबेला मैले डेब्यु गरेँ, त्यो समय मैले आफ्नो जीवन त बुझेको थिइनँ अभिनयलाई के बुझेको थिएँ होला र ?,” पुनः थप्छन्, “अहिले बल्ल २८ वर्षको भएँ, केही हदसम्म अब चाहिँ अभिनय बुझ्दै छु । पूरै बुझ्न धेरै बाँकी नै छ । अन्तर्राष्ट्रिय बजारमा भन्ने हो भने अहिलेको मेरो उमेर बल्ल एउटा अभिनेताले डेब्यु गर्ने उमेर न हो ।”

आफ्नो विगतलाई गतिलो सिकाइको माध्यमका रूपमा आत्मासाथ गर्छन् अनमोल । “मैले जति पनि फिल्ममा काम गरेँ ती सबै ट्रायल थिए, अनि जति फिल्ममा काम गरेँ, एक निर्देशकले, स्क्रिप्टले मागेको विषय मात्र दिएँ होला”, केही गम्भीर भावमा थप्छन्, “मैले भर्सटायल स्क्रिप्टको छनोट नै गरेको छैन र भविष्यमा त्यस्तो कथामा पनि काम गरौँला । फेरि पूर्ण त कहिले पनि हुन सकिँदैन र कोही मान्छे पनि पूर्ण हुन सक्दैन ।”

उनी उदाहरण दिँदै भन्छन्, “मान्छे भगवान्मा त खोट देख्छन् ! तर यति हो कि हरेक फिल्ममा म आफूलाई सुधार गर्दै लगिरहेको छु, त्यसमै अभ्यासरत छु ।” पछिल्लो समय अनमोलको बुझाइ प्रशंसकलाई टिकाइराख्ने अनि आलोचकलाई रुझाउनेतर्फ केन्द्रित छ । सुनाउँछन्, “फ्यान त जहिले पनि फ्यान नै रहन्छन् तर जब हामी आलोचकको कुरा गर्छौँ उहाँहरूको प्रतिक्रियालाई हेरेर सुनेर त्यहाँबाट अझ बढी सिक्दै जाने हो ।”

एउटा कालाकार अथवा अभिनेता अभिनेत्रीमाथि हुने आलोचना र टिप्पणीमाथि सुहाना केही भिन्न राय राख्छिन् । भन्छिन्, “मनोरञ्जन क्षेत्र र राजनीतिमा कोही टिकिरहनु छ भने, त्यहाँ दर्शक अनि जनताको साथ चाहिन्छ । अडियन्सले मन पराएरै यतिका वर्ष अनमोल टिकिरहेको छ ।”

अनमोलको कुरामा होमा हो मिलाउँदै सुहाना थप्छिन्, “अनमोलले भनेजस्तै कोही पनि पूर्ण हुँदैन । सबैलाई रिझाउन पनि सकिँदैन । रिझाए जतिलाई आफ्नो जे छ त्यो त दिइरहेको होइन्छ । त्यसैले सुधारका लागि सुझाव दिन्छ भने सुन्ने हो, कार्यान्वयनमा लाने हो अन्यथा आफ्नो काम गर्ने ।”

कोरोना कहरले सङ्कटमा पुगेको चलचित्र बजार बिस्तारै उठ्ने आशा गरिरहँदा चलचित्र ए मेरो हजुर–४ ले नेपाली दर्शकमाझ आफ्नो साख जोगाउने अपेक्ष गरिएको छ । तर वैशाख १ गते नै दक्षिण भारतीय चलचित्र ‘केजिएफ च्याप्टर–२’ पनि प्रदर्शनमा आउँदै छ । यसले ए मेरो हजुर–४ को सफलतामा शङ्का गरिएको छ भने निर्माण टिमको मनोविज्ञानमा पनि यसको असर देख्न सकिन्छ । यद्यपि निर्माण टिम नेपाली दर्शकले नेपाली चलचित्रलाई नै माया गर्नु हुनेमा विश्वस्त छन् । यस प्रसङ्गमा अनमोल र सुहाना पनि मनोरञ्जनका लागि, नेपाली कला र संस्कृतिका लागि अनि नयाँ वर्षमा नयाँ मनोरञ्जनको नयाँ स्वादका लागि भए पनि हलसम्म दर्शक आउनेमा ढुक्क छन् ।

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑