
चैत्र,२४- आज एक अमेरिकी डलरको खरिददर १२०.९२ रुपैयाँ र बिक्रीदर १२१.५२ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी विनिमयदर तोक्दै डलरको बिक्रीदर १२१ रुपैयाँभन्दा माथि कायम भएको जनाएको हो । यसैगरी, एक यूरोको खरिददर १३१.८५ रुपैयाँ र बिक्रीदर १३२.५१ रुपैयाँ तथा स्र्टलिङ पाउण्डको खरिददर १५८.१५ रुपैयाँ र बिक्रीदर १५८.९४ रुपैयाँ तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलरको खरिददर ९१.५५ रुपैयाँ र ९२ रुपैयाँ छ ।

यता सिंगापुर डलरको खरिददर ८८.८६ रुपैयाँ छ भने बिक्रीदर ८९.४० रुपैयाँ तथा १० जापानी येनको खरिददर ९.७६ रुपैयाँ कायम हुँदा बिक्रीदर ९.८० रुपैयाँ कायम छ । १९.०१ रुपैयाँमा खरिद भइरहेको चिनियाँ युवानको बिक्रीदर १९.१९ रुपैयाँ छ । यस्तै, ३२.२४ रुपैयाँ खरिद मूल्य तोकिएको साउद रियालको बिक्रीदर ३२.४० रुपैयाँ छ भने ३३.०९ रुपैयाँमा खरिद भइरहेको कतारी रियालको बिक्री मूल्य ३३.२६ रुपैयाँ छ ।
संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको खरिददर ३२.९२ रुपैयाँ हुँदा ३३.०९ रुपैयाँ बिक्रीदर तोकिएको केन्द्रीय बैंकले जानकारी दिएको छ । यस्तै, मलेसियाको रिंगटको खरिद मूल्य २८.६९ रुपैयाँ र बिक्रीमूल्य २८.८३ रुपैयाँ छ ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर