• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तर्राष्ट्रिय

यो हो विश्वकै महँगो स्कूल, यति छ शुल्क

खप्तड मालिका न्युज April 6, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,२३-  ‘इन्स्टिते ले रोसी’ लाई विश्वकै सबैभन्दा महँगो स्कूल बताइएको छ । यहाँ एकजना विद्यार्थीको वार्षिक शुल्क १ लाख ३० हजार अमेरिकी डलर अर्थात् करिब १ करोड ६० लाख नेपाली रुपैयाँ पर्छ ।

स्विटजरल्याण्ड विश्वका महँगा तथा उत्कृष्ट विद्यालयको घर हो । यो युरोपेली देश ७५ हजार अमेरिकी डलर वार्षिक शुल्क भएका करिब १० वटा विद्यालयको घर हो तर यी मध्ये सबैभन्दा महँगो, पुरानो र प्रतिष्ठित बोर्डिङ स्कूल भनेको इन्स्टिते ले रोसी हो । यो विद्यालय पूर्व विद्यार्थीहरुको अति प्रभावशाली सूचीका कारण पनि असाध्यै महँगो छ । इन्स्टिते ले रोसीलाई ‘स्कूल अफ किङ्ग्स’ भन्नुको कारण पनि छ । स्पेनका राजा जुआन कार्लोस, इजिप्टका राजा किङ फौड दोस्रो र बेल्जियमका राजा अल्बर्ट दोस्रो पनि यहाँ पढेका थिए । यसका साथै इरानका शाह, आगा खान र ग्रीसकी राजकुमारी मेरी–चान्टलले पनि यहि स्कूलबाट आफ्नो शिक्षा हासिल गरेका थिए । युरोपका निकै प्रचिलित तथा धनाढ्य परिवारका सदस्यलाई दशकौँ देखि शिक्षा प्रदान गरेका कारण पनि यो विद्यालय विश्वकै महँगो बन्न गएको हो भन्दा फरक नपर्ला ।

सन् १८८० मा पल कार्नलद्वारा स्थापित इन्स्टिते ले रोसी दुईवटा क्याम्पस भएको एउटा मात्रै बोर्डिङ स्कूल हो । लेक जेनेभाको किनारामा अवस्थित ले रोलमा ओलम्पिक साइजको स्विमिङ पुल, टेनिस कोर्ट, सुटिङ रेन्ज र ४० मिलियन पाउन्डको कन्सर्ट हल छ । यसका साथै यहाँ एक शीतकालीन क्याम्पस पनि छ जहाँ विद्यार्थीहरुले आफ्नो धेरैजसो समय स्किइङ गर्दै व्यतित गर्ने गर्छन् ।

ले रोसीमा दिइने सुविधाहरु लोभ लाग्दो हुनुका साथै यहाँ ४२० विद्यार्थीका लागि १५० जना शिक्षक नियुक्त गरिएका छन् । प्रत्येक विद्यार्थीले उनीहरुले पाउनुपर्ने सुख सुविधा सुनिश्चितता लागि एउटा कक्षामा १० जनाभन्दा कम विद्यार्थी राखिन्छन् ।

ले रोसीले आफूलाई एक अन्तर्राष्ट्रिय स्तरमा समावेशी संस्थानको रुपमा पेश गर्दछ जसले एउटा देशबाट केवल १० प्रतिशत विद्यार्थीमात्रै भर्ना लिने गर्छ ।

७ देखि १८ वर्ष उमेर समूहका लागि यहाँ ४२० जनाको सिट उपलब्ध छ । तीमध्ये ३० जना विद्यार्थीले यसकारण यहाँ पढ्न पाउँछन् किनभने यहाँ उनीहरुका अभिभावकले पढाउँछन् । यहाँ तीनजना विद्यार्थीले मात्रै छात्रवृत्ति पाउँछन् ।

विद्यालयका पाँचौँ प्रधानाध्यापक क्रिस्टोफर गुडिनले चर्को शुल्कका कारण विद्यालय अत्यधिक नाफामा छ भन्ने कुरा पुष्टि नगर्ने बताउँछन् । उनका अनुसार चर्को शुल्कको अर्थ स्वतन्त्रता र कुनै पनि क्रियाकलापमा एक स्वतन्त्रता हो ।

‘मैले आफ्नो खर्चमा १० प्रतिशत कटौती गरेर फीमा ३० प्रतिशत वृद्धि गर्न पनि सक्थेँ तर हाम्रो उद्देश्य पैसा कमाउनु होइन,’ गुडिनले भने । ‘हामी डोनेसनको विरुद्धमा छौँ, हामी पूर्ण रुपमा स्वतन्त्र हुन चाहन्छौँ । हामी केही कुरा कसैको नियन्त्रणमा बसेर गर्न चाहँदैनौँ ।’

यो स्कूल अरु बोर्डिङ स्कूलभन्दा यति महँगो छ कि बेलायतको सबैभन्दा ठूलो र प्रतिष्ठित बोर्डिङ स्कूल इटनले यहाँको भन्दा आधा सस्तो फीमा अध्यापन गराइरहेको छ ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑