
चैत्र,२३- विदेशी मुद्रा घट्दै जानाले मुलुकको आर्थिक अवस्था संकटमा धकेलिँदै गएको नेपाल राष्ट्रका पूर्व गर्भनर चिरञ्जिवी नेपालले बताएका छन् । बुधवार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको मुलुकको आर्थिक अवस्था विषयक साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वगर्भनर नेपालले यस्तो बताएका हुन् ।

कोरोना भाइरस पश्चात् आर्थिक अवस्था किन घट्दै गएको छ भन्ने सवालमा सरकारले कर्जा विस्तार अहिलेसम्मकै सबैभन्दा धेरै ३२ प्रतिशत बढी गरेको बताए । जबकि, मौद्रिक नीति १९ प्रतिशत रहेको वेला लगानी गर्नु अशोभनीय हुन गएको उनको भनाइ छ ।
उनले, मुलुकको आर्थिक अवस्थालाई मजबुत बनाउनका लागि हरेक कुरामा सञ्चितिकरण गर्नुपर्ने ध्यान दिनुपर्ने र निर्यातलाई बढाउनु पर्नेमा जोड दिए । अहिले नेपालको अवस्था ऋण तिर्न सक्ने रहेको भन्दै, सधैँ ऋणमा मात्रै भर पर्न नहुने बताउँदै, उत्पादन र निर्यातलाई ऊर्जाशील बनाउने बाटोमा सरकार गम्भीर रूपमा अगाडि बढ्नुपर्नेमा सुझाए ।
श्रीलंकामा उत्तरपुस्तिका किन्ने पैसा समेत नभएर सबै तहका परीक्षा रोकिएको घटना जस्तै अवस्था नेपालमा तत्काल नआउने दाबी उनले गरे । अहिले नै नेपाल, श्रीलंका जस्तै स्थितिमा पुग्छ भनेर आत्तिनु पर्ने अवस्था नरहेको उनको भनाइ छ ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर