
चैत्र,२३- चन्द्रागिरी नगरपालिका स्थित वडा नम्बर ८ स्थित मुहान टोलमा मातातीर्थ आयुर्वेद औषधालयको नवनिर्मित भवनमा आयुर्वेद उपचार पद्धतिबाट सेवा शुरु भएको छ । भाडाको घरबाट सेवा प्रदान गरिरहेको मातातीर्थ आयुर्वेद औषधालयको आफ्नै एकतले भवन मंगलबार उद्घाटन गरेर सेवा सञ्चालनमा आएको हो । चन्द्रागिरी नगरपालिका र वडा नम्बर ८ को संयोजकत्वमा भवनको निर्माण गरीएको हो ।

भवनको उद्घाटन गर्दै चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले जडिबुटीको प्रशोधन, उत्पादन तथा आयुर्वेदिक अनुसन्धान केन्द्रको स्थापना गर्दै नगरपालिकालाई स्वास्थ्य हवका रुपमा विकास गर्ने बताए ।
नगरप्रमुख गिरीले नगरपालिकाको वडा ६,८ र १२ गरि ३ स्थानबाट आयुर्वेदिक सेवा प्रदान हुने र आयुर्वेद सम्बन्धि उत्पादन र बजारीकरण कार्यमा पनि नगरपालिकाले पहली कदम चाल्ने र सबै वडामा सेवा बिस्तार गर्ने बताए । उनले जर्मनी विकास बैंकको सहयोगमा १ अर्बको प्रसुती विशेषज्ञ अस्पतालको पनि सम्झौता भइसकेको बताए ।
मातातीर्थ आयुर्वेद औषधालय प्रमुख नारायण आचार्यले औषधालयले आयुर्वेदिक औषधी निःशुल्क उपलब्ध गराइने बताए ।
कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले स्वस्थ जीवनशैलीका लागि आयुर्वेद महत्त्वपूर्ण रहेको बताए । कार्यक्रममा आयुर्वेद काउन्सिलका अध्यक्ष डा सन्तोष ठाकुर, स्वास्थ्य मन्त्रालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रमुख डा. बाबुराजा अमात्य तथा डा सिद्धार्थ ठाकुरले आयुर्वेदिक उपचार बारे जानकारी दिए ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर