• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तर्राष्ट्रिय

एचआइभी संक्रमित महिलाद्वारा नाबालिग भतिजोमाथि यौन शोषणको आरोप

खप्तड मालिका न्युज April 6, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,२३- भारतको उत्तराखण्डको उधम सिंह नगरमा २३ वर्षीया महिला माथि १५ वर्षका भतिजाको यौन शोषण गरेको मुद्दा दर्ता भएको छ ।

अभियुक्त महिला एचआइभीद्वारा संक्रमित छिन् । उनका श्रीमानको मृत्यु अघिल्लो वर्ष डिसेम्बरमा एचआइभी संक्रमणका कारण भएको थियो । बच्चाको एचआइभी रिपोर्ट नेगेटिभ आएको छ ।

नाबालिग बच्चाका आमा–बुवाको उजुरीमा रुद्रपुरको ट्रान्जिट क्याम्प थानामा मुद्दा दर्ता गरिएको छ ।

के थियो घटना ?

यो घटनाको अनुसन्धान गरिरहेकी सब इन्स्पेक्टर रिता चौहानले यसबारे विस्तृत रुपमा जानकारी दिएकी छिन् । उनका अनुसार अप्रिल २ तारिखमा नाबालिगका पिता थाना आएका थिए । उनी भन्छिन्, ‘उनले उनको छोरामाथि काकीले जबर्जस्ती शारीरिक सम्बन्ध स्थापित गरेको बताए । ती महिलाले यसबारे कसैलाई भनेको खण्डमा उल्टै आफूमाथि जबर्जस्ती गरेको आरोप लगाउने चेतावनी पनि दिइरहेको उनका पिताले बताए ।’

मार्च ३० तारिखमा अभियुक्त महिलाले बच्चालाई ब्ल्याकमेल गरिरहेकी थिइन् । त्यतिबेला उन

की आमाले यो कुरा सुनेपछि ती नाबालिगले सबै कुरा बताएका हुन् ।

अभियुक्त महिला हाल न्यायिक हिरासतमा छिन् ।

पीडित नाबालिगका पिता भन्छन्, ‘अभियुक्त महिला पिलिभितमा आफ्नी सासु र नन्दसँग बस्थिन् । होलीका बेला उनी आफ्नो परिवारसँग गाउँ गएका थिए । जब उनले ती नाबालिगसँग पहिलो पटक शारीरिक सम्बन्ध स्थापित गरिन्, त्यतिबेला यसमा आफ्नो सहमति नभएको ती नाबालिगले बताए । यसमा अस्वीकार गर्दा काकीले उनीमाथि जबर्जस्ती गरेको आरोप लगाउने र बेइज्जत गर्ने धम्की दिइन् ।’

पिताका अनुसार ३० मार्चमा आरोपी महिला रुद्रपुर आएकी थिइन् । त्यहाँ पनि उनले नाबालिगसँग जबर्जस्ती यौन सम्बन्ध स्थापित गरिन् । जब उनले नाबालिगलाई गाली गरिरहेकी थिइन् तब ती बालकका आमाले उनीहरुको कुराकानी सुनिन् ।

उनी भन्छन्, ‘मेरो भाइको मृत्यु २ डिसेम्बर सन् २०२१ मा भएको थियो । उनको विवाह भएको पाँच वर्ष बितिसकेको थियो । विवाहको ६ महिनापछि नै उनको स्वास्थ्य बिग्रन थाल्यो । परीक्षणपछि थाहा भयो कि उनी एचआइभीद्वारा ग्रसित थिए । त्यसपछि उनकी श्रीमतीको पनि परीक्षण गरियो । उनी पनि एचआइभीद्वारा संक्रमित भेटिइन् । आरोप महिलाको एचआईभी संक्रमणको उपचार चलिरहेको छ । एचआइभी संक्रमण श्रीमानमार्फत् श्रीमतीमा सर्यो वा श्रीमतीमार्फत् श्रीमानमा सर्यो, त्यो भने स्पष्ट हुन सकेको छैन ।’

उनी भन्छन्, ‘उनले हामीलाई छोरालाई पाल्ने र गाउँमा नै पठाइदिन भन्थिन् । हामी यसका लागि तयार थियौँ पनि । मेरो छोराले ८ कक्षाको परीक्षा दिएको छ । हामीले उनलाई गाउँ पठाउनु अघि यो घटना पर्दाफास भयो । हामीले उसलाई गाउँ पठाएको भए के हालत हुन्थ्यो होला ?’

यद्यपि, छोराको एचआइभी रिपोर्ट नेगेटिभ आएपछि उनीहरु राहत महसुस गरिरहेका छन् र एक महिनापछि उनको पुनः स्वास्थ्य परीक्षण गर्नुपर्ने छ ।

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑