
चैत्र,२२- सिद्धार्थ बैंक र हेफर इन्टरनेशनल नेपालबीच मंगलबार महिला उद्यमी तथा साना किसानहरुलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र हेफर नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार पशुपालन सम्बन्धी कृषि क्षेत्रहरु जस्तै बाख्रापालन, पशुपालन तथा तरकारी लगायतका मूल्य शृंखलाहरुमा संलग्न महिला उद्यमी तथा साना किसानहरुलाई सहज ढङ्गले अनुदानमा आधारित वित्तीय कर्जा उपलब्ध गराउन बैंक र हेफर इन्टरनेशनल नेपालबीच उक्त सम्झौता भएको छ । यस साझेदारीको मुख्य उद्देश्य, महिला उद्यमी तथा साना किसानहरूको व्यवसाय विस्तार गर्ने क्षमताको मूल्याङ्कन र विकाशमा केन्द्रित गर्ने रहेको बैंकले जनाएको छ ।
उक्त योजनामा हेफर नेपालका तर्फबाट सामाजिक उद्यमी महिला सहकारी र स्थानीय सरकार पनि आबद्घ रहेका छन् । महिला सहकारी वा स्थानीय सरकारले उद्यमीहरूको पहिचान र सिफारिसलाई बैंकसँग जोड्न सहज बनाउने बैंकले विश्वास लिएको छ ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर