
चैत्र,२२- नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रा.लि. बीच बैंकमा खाता रहेका ग्राहकहरूलाई नेपाली नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना २०७८ चैत्र २८ देखि लागू हुनेछ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र दराजको तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले हस्ताक्षर गरेका हुन् । नेपाल बैंकले आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँग साझेदारी गरेको यो पहिलो पटक हो ।
नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १०% वा रु १,००० सम्मको छुट र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु १,५०० सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्छ । त्यसको लागि ग्राहकहरूले नेपाल बैंकको शाखाहरुमा सम्पर्क गर्नु पर्दछ । बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आजै आवेदन दिन समेत आग्रह गरेको छ ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर