
चैत्र,२२- भारतको उत्तर प्रदेश (यूपी) मा फेरि एक पटक दर्दनाक घटनामा कुकुरको संलग्नता पाइएको छ । त्यहाँ कुकुरले पाँच वर्षकी एक बालिकालाई सिकार बनाएको छ । यस घटनापछि स्थानीय स्तरमा आतंक पैmलिएको छ ।
यसैगरी हापुुडको जनपद निवासी एक व्यक्ति जेपीनगरस्थित ससुराल गएका थिए, जहाँ भुस्याहा कुकुरको आक्रमणमा उनका ९ वर्षीय छोराको ज्यान गएको थियो ।
चिलकाना क्षेत्रमा पर्ने बुड्ढाखेडा गाउँमा जावेद नाम गरेका व्यक्ति आइतबार साँझ घरबाट पसलतर्फ गएका थिए । घर पसलबीच खाली खेत छ । पाँच वर्षकी छोरी शिफा उनको पछिपछि आएकी थिइन् । छोरी पछिपछि आइरहेको उनलाई थाहा थिएन । यसैबीच जब छोरी खेतमा पुगिन्, भुस्याहा कुकुरको समूहले ती बालिकामाथि आक्रमण गरेको थियो ।
कुकुरले उनलाई घिसारेर अर्को खेतमा लगेको थियो । यो घटनामा उनको तत्कालै मृत्यु भएको थियो । राति जब जाबेद पसलबाट फर्केर आए, छोरीलाई घरमा भेटेनन् । परिवारले छोरी उनको पछिपछि नै गएको बताए । त्यसपछि परिवार र गाउँका मानिसले बालिकाकोे खोजी गरे । धेरै समयको खोजीपछि बालिकाको शव खेतमा क्षत विक्षत अवस्थामा प्राप्त भएको थियो ।
बालिकाको शव फेला परेपछि परिवारमा आतंक मच्चिएको थियो । परिवारले प्रहरीलाई यस घटनाको बारेमा सूचित गरेपछि राति अबेर बालिकाको अन्त्येष्टि गरिएको छ ।

यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर