
चैत्र,२२- रुसी सेनाको हमलामा जुनसुकै बेला मारिने डरले युक्रेनी परिवारहरूले आफ्ना बालबालिकाको शरिरमा पारिवारिक विवरण लेख्न थालेका छन् । युद्ध प्रताडित युक्रेनमा यी अनौठा तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

द्वन्द्वको वास्तविकतालाई उजागर गर्ने यी तस्बिरलाई धेरै पत्रकारहरूले ट्विट गरिरहेका छन् । ‘युक्रेनी आमाहरूले आफ्ना छोराछोरी मारिए र उनीहरूको बच्चा बाँचेको अवस्थामा तिनीहरूको शरिरमा पारिवारिक सम्पर्कहरू लेख्छन् । युरोप अझै ग्यासको बारेमा छलफल गरिरहेको छ,’ एक स्वतन्त्र पत्रकार अनास्तासिया लापाटिनाले ट्वीटरमा लेखेकी छिन् ।
‘युद्धमा आफूहरु मारिने र बच्चा बाँच्न सक्ने अवस्था आउन सक्ने भएकाले युक्रेनी महिलाले आफ्ना बच्चाहरूको शरिरमा पारिवारिक सम्पर्क लेखिरहेका छन् । र, युरोप भने अझै ग्यासबारे बहस भइरहेको छ’, स्वतन्त्र पत्रकार अनास्तासिला लापातिनाले ट्विट गरेका छन् ।
उक्त तस्बिर बालिकाकी आमा साशा माकोभीले तीन दिनअघि इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । पोष्ट स्थानीय भाषामा छ । ‘यदि केही भयो भने कसैले उनलाई जीवित रूपमा स्वागत गर्नेछ ’ भनेर महिलाले आफ्नी छोरी भेराको नाम उनको शरीर पछाडि लेख्ने निर्णय गरेको बताइन्छ ।
अर्को तस्बिरमा माकोभीले आफ्नो परिवार सुरक्षित छ । उक्त तस्बिरप्रति प्रतिकृया जनाउँदै एक ट्विटर प्रयोगकर्ताले भने, ‘ह्दयविदारक । कुनै शब्द छैन ।’
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर