
चैत्र,२१- फिल्म क्षेत्रमा अविवाहित अभिनेत्री केही छन् । ति मध्यकी एक हुन् केकी अधिकारी । अभिनय र नृत्यमा पोख्त अधिकारी बौद्धिक कलाकारको सुचिमा समेत पर्दछिन् ।

फिल्म होस् वा म्युजिक भिडियो दुबैमा बारम्बार देखिदै आएकी उनी करिब एक दशकदेखि अभिनयको अविराम यात्रामा छिन् । फिल्म ‘कोहलपुर एक्सप्रेस’ बाट निर्माता समेत बनेकी उनी चर्चित रियालटी शो ‘कमेडी च्याम्पियन’ की निर्माता पनि हुन् । उनले निर्माण गरेको पछिल्लो फिल्म ‘बोक्सीको घर’ जुन प्रदर्शनको पर्खाइमा छ ।
अविवाहित अभिनेत्रीलाई प्राय पछ्याउने एउटै प्रश्न छ । विवाह कहिले गर्ने ? । अभिनेत्री केसीलाई पनि सधै यो प्रश्नले पछ्याउने गरेको छ । आइतबार एक कार्यक्रममा पनि उनले यो प्रश्नको सामना गर्नुपर्यो । जवाफमा उनले बिहे गरेपनि म इन्डस्ट्री नछाड्ने बताइन् । ‘मेरो कामलाई जो ब्यक्तिले बुझ्नुहुन्छ । मलाई रेस्पेक्ट गर्नुहुन्छ । म त्यही व्यक्तिसँग जीवन विताउँछु’ जीवनसाथीको बिषयमा उनले भनिन् । जीवनसाथी बन्ने ब्यक्ति अहिलेसम्म आफ्नो जीवनमा नआएको उनको भनाई रहेको थियो ।
‘झिँगेदाउ’, ‘परदेशी २’, ‘हिजो आजका कुरा’ केकी अभिनित प्रदर्शनमा आउन बाँकी फिल्म हुन् ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर