
चैत्र,२१- नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सिमरा विशेष आर्थिक क्षेत्रमा लगानी गर्ने भएको छ । सिमरामा लगानी गर्न निफ्रा र विशेष आर्थिक क्षेत्र (सेज)ले सम्झौता गरेका हुन् । यो सम्झौतासँगै सिमरामा विशेष आर्थिक क्षेत्र बनाउन निफ्राले लगानी गर्ने छ ।

सेजका कार्यकारी निर्देशकले पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमा सिमरामा आर्थिक क्षेत्र बनाउने गरि निफ्राले लगानी गर्ने छ । योसहित निफ्राले पाँचखालमा बन्ने सेजमा समेत लगानी सम्बन्धी अध्ययन गर्ने छ ।
सम्झौताअनुसार निफ्राले सिमरा सेजको ब्लक ‘बी’ र ‘सी’मा लगानी गर्ने छ । यसबोहक, निफ्राले सिमरामा लगानी गर्ने लगानीकर्ताको खोजी समेत गर्ने छ । ‘अन्तर्राष्ट्रिय लगानीकर्ताले एक्लैले पनि लगानी गर्न सक्छन्’ भट्टले रातोपाटीसँग भने, ‘लगानीकर्ताले सरकारी साथ खोजेमा सरकारले समेत लगानी गर्न सक्छ ।’
सिमरा सेजमा उद्योग स्थापनको पूर्वाधार निर्माण गर्न करिब १० अर्ब रुपैयाँ लागत लागत लाग्ने अनुमान छ । यो सेजमा भन्सार, बैंक, बिजुली, पानी, सडकमार्ग, गोदाम लगायतका औद्योगिक पूर्वाधार बन्छन् । सिमराको २०० बिघा जमिनमा ‘बी’ ब्लकमा १२८ र ‘सी’ ब्लकमा ५० वटा प्लट छन् ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर