• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 14, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

स्थानीय तह निर्वाचन : म्याग्दीमा राजनीतिक सरगर्मी बढ्यो

खप्तड मालिका न्युज April 4, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

  चैत्र,२१- आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर म्याग्दीका राजनीतिक दलहरुले सक्रियता बढाएका छन् । ग्रामीण क्षेत्रमा राजनीतिक सरगर्मी बढेको हो । वडा र पालिकाका सम्भावित उम्मेदवार तथा परिणामको चर्चा हुन थालेको छ । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दलले उम्मेदवार छनोट अन्तिम चरणमा पु¥याएका छन् ।

वडा र टोल स्तरमा भेला, सम्मेलन र जन भेटघाट अभियान सकेका प्रमुख दलहरु उम्मेदवार छनोटको अन्तिम तयारीमा रहेको जनाएका छन् । तालमेलको विकल्प खुल्ला राख्दै उम्मेदवार छनोटमा जुटेका हुन् । मत सर्वेक्षण गरेर चुनावी परिणामलाई आफ्नो पक्षमा पार्न स्वतन्त्र मतदातालाई आकर्षित गर्ने र अन्य पार्टीका मतदाता तान्ने रणनीतिमा दलहरुले जोड दिएका छन् । मतदाता भने नागरिकको नजिकको सरकारका रुपमा रहने स्थानीय तहमा सक्षम, योग्य र दूरदर्शी योजना बनाएर कार्यान्वयन गर्न सक्ने नेतृत्वको आवश्यकता रहेको बताउछन् ।

अन्नपूर्ण गाउँपालिका–६ बिरौटाका सुबोध बरुवालले स्थानीय समस्या पहिचान र सम्बोधनका लागि अगुवाइ गर्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने सुझाव दिए । “जनताको समस्या र आवश्यकता बुझेर काम गर्न सक्ने उमेद्वार बनाउनुपर्छ,” उनले भने, “सबै दलहरुले सक्षम र योग्य व्यक्तिलाई उम्मेदवार बनाए भने मतदातालाई विवेक प्रयोग गर्न सजिलो हुन्थ्यो ।”

बेनी –५ भिरमुनीका सुनिल पौडेलले चुनाव नजिकिएसँगै गाउँमा राजनीतिक सरगर्मी बढेको बताए । वैदेशिक रोजगारीबाट हालै स्वदेश फर्किएका पौडेल युवाको रोजगारी, गुणस्तरीय स्वास्थ्य, वैज्ञानिक शिक्षा, सन्तुलित विकास, शुसासन र पारदर्शिताको मुद्दा अवको चुनावी एजेण्डा बन्नुपर्ने बताए । राजनीतिक योगदान गरेका, स्वच्छ छवी, सामाजिक भावना र अनुभवी व्यक्तिलाई मतदाताले उम्मेदवारका रुपमा चाहेका छन् ।

माओवादीले बेनी –१ मा नरबहादुर थापा, बेनपा–३ मा पदम पुन, अन्नपूर्ण गाउँपालिका–२ मा ओम फगामी, रघुगङ्गा–२ मा नरबहादुर भण्डारी, मालिका–१ मा तिलक पुन, मालिका–३ मा मोतिप्रसाद बुढा, मालिका–४मा रेशम पुन, मालिका–७ मा रुविन जुग्जाली, धौलागिरि–६ मा चक्र पुन, धौलागिरि–७ मा अशोक खत्रीलाई वडा अध्यक्षको उम्मेदवार छनोट गरिसकेको जिल्ला संयोजक रेशम जुग्जालीले जानकारी दिए । चैत २७ गतेसम्म वडा र पालिकाका उम्मेदवार सिफारिस गर्न समय दिएको छ ।

बेनी–१ मा टेकबहादुर थापा, बेनपा–६ मा कृष्णसिंह बानिया र बेनपा–१० मा मसविर रोकालाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेले यही चैत २५ गतेभित्र उम्मेदवारको सिफारिस गर्न पालिका कमिटीलाई निर्देशन दिएको जिल्ला अध्यक्ष देवेन्द्र केसीले जानकारी दिए ।

काँग्रेस म्याग्दीका कोषाध्यक्ष अमृतमान शेरचनले वडा र पालिकाका उम्मेदवार छनोटका विषयमा छलफल गर्न सोमबार जिल्ला कार्यसमितिको बैठक बोलाइएको जानकारी दिए । एक महिने अभियानका क्रममा वडा र पालिकाको सिफारिस र खटिएका प्रतिनिधीको प्रतिवेदनका आधारमा उम्मेदवार छनोट गरिने उनले बताए ।

सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच चुनावी तालमेलको सम्भावना भए पनि औपचारिक रुपमा छलफल गरेका छैनन् । छवटा स्थानीय तहमा ४५ वटा वडा रहेको म्याग्दीमा ८५ हजार ३७५ जना मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले ७४ मतदानस्थल र ११४ मतदान केन्द्र कायम भएको जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिका– ८ नागीको हिमाञ्चल मावि, बेनी नगरपालिका–५ चिप्लेटीको डिम्व आधारभूत र मङ्गला गाउँपालिका– १ भरजुलाको बालोदय आधारभूत विद्यालयमा मतदानस्थल थपिएको छ । कर्मचारीको विवरण सङ्कलन गरेर श्रेणी÷तह विवरण छुट्याएर मुख्य निर्वाचन कार्यालयमा पेश गर्ने तयारी गरिरहेको छ ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले मतदानस्थलको स्थलगत अनुगमन गरी सुरक्षा रणनीति बनाउन जुटेको जानकारी दिए । निर्वाचनमा म्याग्दीमा राष्ट्रिय मान्यता प्राप्त ६ र अन्य १४ वटा दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन् । विसं २०७४ को चुनावमा ७१ हजार ४६३ मतदाता रहेको म्याग्दीमा ७१ मतदानस्थल र ११० वटा मतदान केन्द्र थिए ।

गत चुनावमा जिल्लामा कांग्रेसले बेनी नगरपालिकाको प्रमुख, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष, मालिका गाउँपालिकामा अध्यक्ष र १५ वडामा अध्यक्ष जितेको थियो । एमालेले धौलागिरि र मङ्गला गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष, मालिकामा उपाध्यक्ष र २३ वटा वडा विजय हासिल गरेको थियो । माओवादी केन्द्रले सात वटा वडा र राप्रपाले बेनी नगरपालिकाको उपप्रमुख जितेका थिए ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑