• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

‘वाऊ, मात्र एक खुट्टाले र्‍याम्प ! सुन्दा झन् हौसला बढ्यो’

खप्तड मालिका न्युज April 3, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

  चैत्र,२०-  चैत ११ गते बालुवाटारमा आयोजित ‘समर हट फेसन सो एन्ड म्युजिकल नाइट २०२२’ सो को आयोजना भएको थियो । एक मात्र खुट्टा भएकी म र्‍याम्पमा मोडलका रूपमा प्रस्तुत भएँ । त्यो दृश्य देखेर दर्शकसमेत चकित परे । धेरैको मुखबाट निस्कियो, ‘वाऊ, मात्र एक खुट्टाले र्‍याम्प !’ यो सुनेर मेरो झन् हौसला बढ्यो । आधुनिक डिजाइनका वेशभूषामा स्टेजमा दर्शकसामु मोडलका रूपमा पहिलो पटक प्रस्तुत हुन मेरा लागि जति अनौठो थियो, दर्शकका लागि पनि सायद नौलो थियो । एक खुट्टा त्यसमाथि अग्लो स्याण्डल र दुई वटा वैशाखीको सहारामा म अन्य मोडल सरह विना हिच्किचाहट प्रस्तुति दिएँ । महिला तथा पुरुष गरी म सहित अन्य २१ जना मोडलहरुले शोमा सहभागिता जनाएका थिए ।

म नृत्याङ्गना पनि हुँ । एउटा मात्र खुट्टा भएको मान्छेले पनि ग्ल्यामर क्षेत्रमा केही गर्न सक्छ भनेर देखाउन लागि म र्‍याम्पमा उत्रिएको हुँ । फेसन सो ले सुन्दरताको महत्त्व बुझाउँछ । हरेक पहिरनको विषयमा थाहा पाउन सकिन्छ । सुन्दर हुनु, देखिनु सबैमा रहर हुन्छ । सिक्ने कुरामा म सधैँ लालायित हुन्छु । म प्रतियोगीको रूपमा छानिएरै गएको हुँ । फेसन सो मा भाग लिने चाहना राखे पनि धेरै लामो समयपछि मात्र मैले सहभागिता जनाउने मौका पाएँ ।

हामीहरूले विभिन्न समुदायका परम्परागत शैलीसँगै आधुनिक डिजाइनका वेषभूषासहित सहभागिता जनाएका थियौँ । अन्य मोडलभन्दा मेरो मुहारमा फरक आत्मविश्वास झल्किएको थियो । एउटा खुट्टा नहुँदा सामान्य दैनिकी नै कष्टदायी हुन्छ । तर म यति उत्साही थिएँ कि बैसाखीको सहारामा स्टेजमा उभिँदा मलाई मेरो एउटा मात्र खुट्टा छ भन्ने अनुभव नै भएन । स्टेजमा झनै आत्मविश्वास बढेर आयो । यो स्टेज मेरै लागि हो भन्ने लाग्यो ।

एउटा खुट्टाले कत्थक नृत्य गर्ने कलाकारका रूपमा आफूलाई स्थापित गरिसकेको छु । म त्रिभुवन विश्वविद्यालयको ललितकला केन्द्रीय विभागमा संगीतमा स्नातकोत्तर चौथो सेमेस्टरमा अध्ययनरत छु । साथै, इमाडोलस्थित एक डान्स स्टुडियोमा नृत्य पनि सिकाउँछु ।

१२ वर्षको उमेरमा क्यान्सर भएपछि मेरो दायाँको खुट्टा तिघ्रामुनिबाट काटिएको थियो । तर मैले कहिल्यै हिम्मत हारिन । सानैदेखि नृत्य सँगसँगै मोडलिङमा रुचि थियो । एक पटक पाउने जीवनमा आफूले चाहेको काम गर्नुपर्छ । आफ्नो कामले सबैभन्दा पहिले आफूलाई खुसी मिल्नुपर्छ । साथै, जस्तोसुकै काम होस्, समाजलाई योगदान गर्न सक्ने हुनुपर्छ । इच्छा लागेको गर्न नपाउनु जति पीडादायी, अरू केही हुन सक्दैन भन्ने मलाई लाग्छ ।

शारीरिक अपाङ्गता भएका मानिसलाई बौद्धिक रूपमा पनि अपांगताकै रूपमा लिने समाजको धारणा छ । त्यस विरुद्वको लडाइको लागि पनि म र्‍याम्पमा उत्रिएको हुँ । अपाङ्गता भएका हामी समाजमा दयाको पात्रका रूपमा बाँच्न चाहन्नौ । ग्ल्यामर क्षेत्रमा स्थापित हुन त्यति सहज त छैन तर चुनौती सामना गर्न तयार छु । म काममा निरन्तर रम्ने मान्छे हुँ । मेरा लागि मोडलिङ अवसर र चुनौती दुवै हो । म यसैमा खुसी हुने कोसिसमा छु ।

मान्छेले बलियो दृढ इच्छाशक्ति बनाएमा जस्तोसुकै पनि काम गर्न सक्छ । संसारमा असम्भव भन्ने कुरा केही पनि छैन । हर कोहीलाई थोरै हौसलाको खाँचो छ । तर मान्छेमा अरूलाई हौसला दिँदा पनि सम्पत्ति अंश लगाएको जस्तो सकिन्छ कि भन्ने डर पो छ । मलाई लाग्छ, हामी जस्ता ठगिएकाले आफूलाई सबैभन्दा धेरै माया गर्नुपर्छ, आफैँलाई विश्वास गर्नुपर्छ र खुसी पनि आफैँभित्र खोज्नुपर्छ ।

कतिपय अवस्थामा समाजमा धेरै थरी प्रश्नहरूको सामना गर्नुपर्ने हुन्छ । अशक्त भएर किन यस्तो गर्न पर्‍यो ? गाह्रो होला भनेर सहानुभूति पनि देखाइरहेका हुन्छन् । सांगहरुलाई पनि जीवनमा लक्ष्य हासिल गर्न धेरै कठिन हुन्छ । अझ हामी जस्तो फरक क्षमता भएकाहरूलाई गाह्रो नहुने कुरै छैन । हामीले हृदयदेखि लगानी गरेको कुरा कहिल्यै खेर जाँदैन । त्यसको प्रतिफल अवश्य प्राप्त हुन्छ, म हरेक दिन त्यही विश्वासले अघि बढेकी छु । शारीरिक अपाङ्गता भएका मान्छेले सम्मानपूर्वक बाँच्न पाउनुपर्छ । यो समाज उनीहरूका पनि हो र उनीहरूले पनि खुसीसाथ बाँच्न पाउनुपर्छ ।

र्‍याम्प आयोजकले मलाई एउटा मात्र खुट्टा भएको भनेर कमजोर तरिकाले प्रस्तुत गर्न नपरोस् भनेर तयारी गर्न आग्रह गरेको थियो । अरू जत्तिकै खटेर तयारीमा जुटेँ, साथीहरू थाक्दा पनि मैले थकान महसुस गरिन । यो भन्दा अगाडि म कहिल्यै र्‍याम्पमा नहिँडेको मान्छे । त्यो पनि अग्लो हिल लगाएर हिँड्नुपर्ने काम निकै चुनौतीपूर्ण थियो । तर मैले १३ वर्षको उमेरमा खुट्टा काटेदेखि नै धेरै चुनौतीहरूको सामना गरिसकेकोले यो पनि सक्छु नै भन्ने लाग्यो र आँट गरेकी हुँ । उहाँहरूले पनि तपाईंले यति मात्रै गर्दा हुन्छ भन्ने खालको कुरा गर्नु भएन । र्‍याम्पमा जति अरू मोडलहरूको उत्कृष्ट प्रदर्शनको महत्त्व थियो, मेरो पनि उत्तिकै थियो । अशक्त भनेर मलाई छुट थिएन र हुन पनि हुँदैन । किनभने म आफूलाई अरूभन्दा कमजोर छु भन्ने महसुस भएको भए त्यो कार्यक्रममा भागै लिने थिइनँ ।

आयोजक टिममा मलाई सो पिसमा मात्रै राख्ने कि भनेर छलफल चलेको रहेछ । तर पछि अरू सरह सक्ने भए सहभागी गराउने तर सो पिसमात्रै नगराउने भन्ने भएपछि तयारीमा जुटेँ । रोजिन शाक्य सरले तयारीमा धेरै सहयोग गर्नु भयो । दुई दिन सम्मको अभ्यासमा धेरै नै गाह्रो भएको थियो । कतै सक्दिन कि भन्ने पनि लागेको थियो तर अभ्यासले सहज बनाउँदै लग्यो । १२ दिनको अभ्यासमा मैले आफूलाई सम्पूर्ण रूपले तयारी गरेँ ।

कतिपय अवस्थामा धेरै अवसरहरूबाट वञ्चित पनि हुनुपरेको छ । तर अवसरको ढोका पनि खुल्ने अनुभव मैले गरेकी छु । मान्छेहरूलाई ओहो एउटा खुट्टाले कसरी भन्ने चासो हुने रहेछ । सम्भवतः नेपालमा म नै एउटा खुट्टाले पहिलोपटक र्‍याम्पमा उत्रिएँ । म र्‍याम्पमा आउँदा धेरै नै हुटिङ आएको थियो । त्यसले मलाई सकारात्मक ऊर्जा थपेको थियो । कार्यक्रम सकिएपछि धेरै दर्शकले मलाई देख्दा मन जिरिङ्ग भएको अनुभूति सुनाइरहेका थिए ।

नृत्य र र्‍याम्प दुवै कला हो, र्‍याम्प सधैँ पनि हुँदैन । अब सो पाएको खण्डमा यसलाई निरन्तरता दिने योजना छ । नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरका यस्ता कार्यक्रममा भाग लिन पाए अझै विश्वभरका मान्छेहरूले एउटा खुट्टाले पनि र्‍याम्प गर्न सकिने सन्देश दिन सकिन्थ्यो । म त्यो योजना अनुरूप लागिरहेकी छु । नेपालबाट प्रतिनिधित्व हुन आवश्यक छ, म आफू नै हुनुपर्छ भन्ने छैन । मैले सुरुवात गरे, अरू कोही आउला, जसले गर्दा पनि हुन्छ । मैले बाटो बनाउन खोजेको हो, म भन्दा पछाडि आउनेहरूलाई सायद मलाई भन्दा थोरै सहज होला ।

यो क्षेत्रबाट आफूलाई आत्मनिर्भर मज्जाले बनाउन सकिन्छ । तर कार्यक्रममा हाम्रो प्रस्तुति हेर्न आएका दर्शकबाट उठ्ने रकममा आयोजक हाबी हुन्छ । उसले मान्छे हेरेर पेमेन्ट गर्छ, उस्तै परे निःशुल्क काम गरिदिए हुन्थ्यो जस्तो गर्छन् । कला देखाउने प्ल्याटफर्म दिएका छौँ भन्ने जस्तो कुरा गर्छन् । तर कलाकारले आफ्नो प्रस्तुतिको पारिश्रमिक माग्नुपर्ने स्थिति सकेसम्म आउन दिनु हुँदैन । आयोजकले निःशुल्क काममा लगाउनु हुँदैन, त्यो भनेको कलाकारलाई मार्नु सरह हो । म यो क्षेत्रलाई अत्यन्त माया गर्ने मान्छे हो, यसको संरक्षणमा सधैँ रहनेछु र यो जिम्मेवारी पनि हो भन्ने बुझ्छु ।

अशक्तहरूलाई सरकारले नजरअन्दाज गरेको छ । आरक्षण दिँदैमा राज्यको दायित्व सकिँदैन । आवश्यक ठाउँमा राहत दिनु पनि पर्छ तर जो काम गर्ने हौसला राख्छन्, उनीहरूलाई तालिम लगायतको व्यवस्था गर्नुपर्छ । उनीहरूलाई आत्मनिर्भर भएर बाँच्न सक्ने वातावरण तयार गर्दिनुपर्छ । विडम्बना चाहना राखे पनि त्यो खालको काम गर्न पाउने ठाउँ नै छैन ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑