• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 30, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

बिजुली उत्पादनमा नेपाल : ११० वर्षमा कहाँ पुग्यो ?

खप्तड मालिका न्युज April 3, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

    चैत्र,२०-  एसियाकै दोस्रो आयोजनाका रूपमा नेपालमा वि.सं. १९६८ सालमा पहिलोपटक फर्पिङ लघु जलविद्युत आयोजना निर्माण गरिएको थियो । आजभन्दा ११० वर्षअघि सो आयोजनाबाट ५०० किलोवाट बिजुली उत्पादन थालिएको थियो । जलविद्युत उत्पादनमा यति लामो इतिहास बोकेको नेपालले यस क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्न सकेको छैन । ११० वर्षको अवधिमा जम्मा २१ सय मेगावाट जलविद्युत राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । सरकारी एक अध्ययनअनुसार नेपालमा व्यवसायिक ढङ्गबाट ४३ हजार मेगावाट विद्युत उत्पादन सम्भावना छ । कूल उत्पादन क्षमता भने ८३ हजार मेगावाटभन्दा बढी छ ।

राष्ट्रिय प्रसारणलाइनमा जोडिएको २१ सयमध्ये १५ सय मेगावाट बिजुली उत्पादन गर्न निजी क्षेत्रका ६०० वटा कम्पनी आवद्ध छन् । यसबाहेक, निजी क्षेत्रकै लगानीमा ३ हजार ५०६ मेगावाट क्षमता बराबरका १३८ भन्दा बढी आयोजना निर्माणधीन छन् । १८ सय ५२ मेगावाट क्षमताका ९९ वटा आयोजना विद्युत खरिद सम्झौता (पीपीए) गरेर निर्माण चरणमा छन् ।

हाल २१ सय ४१ मेगावाट क्षमताका ४५ आयोजना विद्युत जडान सम्झौता सम्पन्न गरेर पीपीए पखाईमा छन् । तर, विगत ३ वर्षदेखि सरकारले नदी प्रवाही (आरओआर) र अर्ध तथा पूर्ण जलाशययुक्त केही आयोजनाका पीपीए रोकेर राखेको छ ।

अर्धजलाशययुक्त र जलाशययुक्त आयोजनाबाट उत्पादित बिजुलीको पीपीए केही समयमै खुल्ने बताइरहेको सरकार नदी प्रवाहमा आधारित आयोजनाबाट उत्पादित बिजुली किन्ने सम्झौता तत्काल गर्ने पक्षमा छैन ।

‘वर्षौदेखि पीपीए ठप्प हुँदा जलविद्युत क्षेत्र गम्भिर रूपले प्रभावित बनेको छ,’ स्वतन्त्र ऊर्जा उत्पादनकहरूको संस्था नेपाल (ईप्पान) अध्यक्ष कृष्णप्रसाद आचार्य भन्छन्, ‘पीपीए रोकिँदा स्वदेशी तथा विदेशी लगानीकर्ताहरू पर्ख र हेरको स्थितिमा छन् । जलविद्युत क्षेत्र वर्षौं पर धकेलिने भयो ।’ यद्यपी, यो समस्यालाई सरकारले चाँडै सुनुवाइ गर्ने निजी क्षेत्रको अपेक्षा रहेको आचार्य बताउँछन् ।

नेपालमा जलविद्युत उत्पादन थालिएको लामो समयसम्म निजी क्षेत्रको लगानी यसतर्फ आएन । राज्यले वि.सं. २०४६ पछिमात्रै जलविद्युतमा निजी क्षेत्रलाई प्रवेश गराएको थियो । यति छोटो अवधिमै उल्लेख्य लगानी गरेको निजी क्षेत्र सर्वेक्षण सकेर ७२ सय मेगावाट क्षमताका आयोजनाको निर्माण अनुमति पखाईमा छन् । यो तथ्यांकले पछिल्लो २७ वर्षमा निजी क्षेत्रले १५ हजार मेगावाटभन्दा बढी आयोजनाको पहिचान, निर्माण, विकास र सञ्चालनमा १० खर्ब रुपैयाँ लगानी गरिसकेको देखिने अध्यक्ष आचार्यको भनाइ छ ।

‘अहिलेसम्म १० खर्ब लगानी गरिसकेका निजी क्षेत्रले आगामी ५ वर्षमा थप १७ खर्ब रुपैयाँभन्दा बढी लगानी गर्दैछन्,’ उनले भने, ‘निजी क्षेत्रको उत्साहजनक लगानीले मुलुक लोडसेडिङमुक्त भइसकेको छ ।’

गत बर्खायाममा आन्तरिक उत्पादनकै बिजुलीबाट देश लोडसेडिङमुक्त भएको थियो । ५०० मेगावाटभन्दा बढी बिजुली खेर नै गएको थियो । यद्यपि, सुख्खायामका बेला भने नदीमा पानीको मात्रा घट्ने हुँदा भारतबाट बिजुली किन्न परिरहेको छ । हाल विद्युत प्राधिकरणले भारतबाट प्रतियुनिट ३८ रुपैयाँसम्म तिरेर ४०० मेवावाटसम्म बिजुली आयात गरिरहेको छ ।

बिजुलीको उत्पादन बढेसँगै नेपालको प्राथमिकतासमेत फेरिएको छ । यसअघि, बिजुली उत्पादनमा जोड दिने नेपाल सरकारको नीति अब बिजुलीको बजार खोज्नतर्फ मोडिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले समेत खपत बढाउन भन्दै निजी क्षेत्रलाई विद्युत व्यापारको अधिकार दिने विषयमा गृहकार्य गर्दै छ । यो वर्ष २०७८ को मध्य असारदेखि पुससम्म नेपालमा उत्पादित बिजुली खेर गएको थियो ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑