• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

ढिकी–ओखलमा धान कुटने प्रचलन हराउँदै

खप्तड मालिका न्युज April 3, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,२०-  आधुनिक कुटानी–पिसानीका मिल सञ्चालनमा आएसँगै जिल्लामा ढिकी र ओखलमा धान कुट्ने प्रचलन हराउँदै जान थालेको छ । थारू समुदायले ढिकी र पहाडी समुदायले ओखलमा धान कुट्ने कार्य गर्दै आएका थिए । घरघरमै ढिकी र ओखल बनाइएका हुन्थ्ये ।

हाल कुटानी–पिसानीका मिल ठाउँ–ठाउँमा सञ्चालनमा आएसँगै ढिकी र ओखल देख्नै समेत मुस्किल हुन थालेको छ । ढिकी र ओखलमा धान कुट्दा निकै श्रम गर्नुपर्ने र समयसमेत धेरै लाग्ने भएकाले यसको प्रचलन हट्दै गएको तेजबहादुर शाहले जानकारी दिए । उनले भने, “महिलालाई निकै बोझ थियो, ठूलो परिवारका महिलाले निकै परिश्रम गर्नु पर्दथ्यो । धान कुट्ने कार्य महिलाले मात्रै गर्दथे । हाल मिल सञ्चालन भएपछि महिलाको कार्यबोझ घटेको छ ।” मिलमा ल्याउन लैजानमात्रै समय लाग्ने गरेको छ ।

ढिकी र ओखलमा चार–पाँच दिन लगाएर कुटिने धान मिलमा थोरै समयमा कुटिने गरेको उनको भनाइ छ । “बिहानीको झिसमिसेमै उठेर महिलाले ढिकीमा धान कुटने गर्दथे”, सुम्नी चौधरीले भने , “ती दिन थारू समुदायका महिलाका लागि कष्टका दिन थिए ।”

ठूलो परिवार हुने महिलाले त राति १२ बजै उठेर ढिकीमा धान कुटनु पर्दथ्यो । एक दिन कुटेको धानको चामल दुई दिनका लागि मात्रै पुग्दथ्यो । फेरि धान कुट्नका लागि जुटनुपर्दथ्यो ।” दिनभरि घरको काम, राति पूरै निद नसुतेर ढिकी कुट्नुपर्ने ती पुराना दिन सम्झँदा आजभोलि सपनाझैँ लाग्ने गरेको उनको भनाइ छ । ढिकीमा दुईदेखि चार जनासम्मले धान कुट्नका लागि काम गर्नु पर्दथ्यो । “दशैँलगायतका चाडपर्वमा विगतमा चामल कुटेर भिजाइ पुनः ढिकीमै पिठो बनाउनु पर्दथ्यो”, कल्लु ढकहेरले भने , “त्यसबेला थारै ठाउँमा मात्रै मिल थिए, सबैको पहुँच थिएन, पहुँच भए पनि सबैसँग खर्चको अभाव हुन्थ्यो । त्यसैले घरमै बनाएका ढिकीमा धानबाट चामल र पिठो बनाउथ्यौँ ।”

ढिकीमा कुटेको धानको चामल मिलको तुलनामा खानमा निकै मिठो हुने गरेको उनको अनुभव रहेको छ । ढिकीमा धान कुट्ने कार्यगर्दा सासु–बुहारीबीच गीत गाउने चलनसमेत रहेको कालुराम डगौराले बताउनुभयो । उहाँका अनुसार ढिकी कुट्नकै लागि सासुले बुहारीमा गीतमै सवाल–जफावसमेत हुने गर्दथे ।

सासु : ‘उठोउठो रे ढिया रे पठोरी उठो ढिकी कुट हली
मुर्गा बाँग छोडल उठो हली’

(प्यारी लाडली बुहारी बिहानीको उज्यालो हुनैथाल्यो, कुखुराले डाँको छाड्न थाल्यो ढिकी कुट्न उठ)

बुहारी – ‘कहना त कहलो सासु, कामके बात कहलो
नानु बलुखा दूधनै छोअरि हो मै कैसे उठजाउ’

(उठ्नका लागि भन्यौँ सासु, कामको कुरा हो, सानो बालकले दूध खान थालेको छ, छोडिराखेको छैन कसरी उठु)

यस्ता प्रकारले गीतमै सवाल–जफाव हुने गरेको डगौराले बताउनुभयो । “गीतकै बोल सुन्दा बुहारीलाई कति दुःख हुन्थ्यो, यसैबाट थाहा हुन्छ”, उनले भने । घरका बुहारीलाई ढिकी कुट्न निकै कष्ट थियो । हाल आधुनिक मिलहरु गाउँ–गाउँमा आएपछि निकै सहजता भएको उनको भनाइ छ ।

“हाल विद्युत् नभएका बेला मिल सञ्चालन नहुँदा पर्खनुपर्दछ”, उनले भने, “त्यो बेला परनिरर्भता भने थिएन । आफ्नै घरमा ढिकी हुन्थ्यो । जति बेला चामल सकियो, त्यही बेला धान कुट्न सकिन्थ्यो ।

मिलमा लाग्ने खर्चसमेत बच्ने गर्दथ्यो । जीवनशैली सहज भएसँगै खर्चसमेत बढेको छ ।” ढिकी बनाउँदा मुसरा, ढिकी, चुक्का, टेक्वा, धुर्ला, टेकुवा, सामलगायत काठबाटै बन्ने गरेको उनले बताउनुभयो । बलियो काठ सान्नानलगायत पाउनै छाडेपछि ढिकीको प्रचलन विस्तारै हराउँदै गएको उनको भनाइ छ । पहाडी समुदायले ढिकी र ओखल दुवै धान कुट्नका लागि प्रयोगमा ल्याउने गरेका थिए ।

कुनै परिवारको घरका पालीमा ढिकी र कुनैको आँगनको कुनामा धान कुट्नका लागि ओखल बनाइएको हुन्थ्यो । हाल धान कुट्न प्रयोग हुने दुवै छैनन् । “बलियो काठको ओखल बनाउने गरिन्थ्यो”, कलावती बोहराले भने , “मुसलमा फलामको साम राखेर धान कुट्ने काम हुन्थ्यो । महिलाले सुस्केरा हाल्दै धान कुट्ने गर्दथे । ओखलअनुसार दुई र एक मुसलको प्रयोग हुन्थ्यो । ओखलमै घरमै पाक्नै आँटेको धानलाई भुटेर चिउरासमेत बनाइन्थ्यो । जुन खानमा निकै मीठो हुन्थ्यो ।”

हाल ओखल प्रचलन छैन । यसको प्रचलन हटेपछि मिलमै धान कुट्ने गरिँदै आएको उनको भनाइ छ । ढिकी र ओखलको प्रचलन यहाँका ग्रामीण क्षेत्रमा मात्रै नभएर निकटवर्ती भारतीय क्षेत्रमा समेत प्रचलनमा रहेका थिए । ढिकी र ओखल यहाँका बासिन्दाको पुरानो पहिचानका रूपमा रहेकाले यसलाई जोगाउनका लागि पहल गर्नुपर्ने स्थानीय बुद्धिजीवीहरूको भनाइ छ ।

“ढिकी र ओखलजस्तै पुराना पहिचान भएका वस्तुको जगेर्ना गर्नमा स्थानीय तहले चासो दिनुपर्ने हुन्छ”, धर्मानन्द जोशी भन्छन्, “नयाँ पुस्ताले यस्ता वस्तु तथा पूरा काठका यन्त्रबारे जानकारी पाउँछन् । पर्यापर्यटनलाई समेत बढावा दिन सकिन्छ ।”

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑