• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्‍याईंन्छ : खानेपानी मन्त्री

खप्तड मालिका न्युज April 2, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,१९-   खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरेअनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्याउने बताएका छन् । बिहीवार मेलम्ची खानेपानीको हेडबक्स बाँध स्थल हेलम्बुमा पुगेर मन्त्री चौधरीले सो कुरा बताएका हुन् । मन्त्री चौधरीले सरकारले घोषणा गरेअनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्याउने दाबी गरे ।

उनले अहिले मेलम्चीको पानी काठमाडौं ल्याउनको लागि तिव्रगतिमा कार्ययोजना अनुसार नै मेलम्ची खानेपानी मुहान सफा गर्ने काम भइरहेको बताए । मन्त्री चौधरीले अघिल्लो सरकारले जस्तो निर्माण कार्य सम्पन्न नभई उद्घाटन गर्ने काम आफूले नगर्ने प्रतिवद्धता जनाए ।

अहिले अस्थायी रुपमा मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने योजना बनाएको भन्दै मन्त्री चौधरीले स्थायी बनाउनको लागि एसियाली विकास बैंकले अध्ययन गरिरहेको उल्लेख गरे । अहिले सुरुङ मार्गमा रहेको पानी निकालेर सफाइ गर्ने कार्य मुहानमा ९० प्रतिशत सफाइको काम सकिएको मन्त्री चौधरीको भनाइ छ ।

उनले भने, ‘मेलम्ची खानेपानीको एक नम्बर गेटबाट पानी पठाउने काम भएको छ । १७ नम्बर गेट खुलेको छ । २१ नम्बर ९ नम्बर र ३८ नम्बर गेट पनि तयारी भएको छ । अहिले ९ नम्बर बन्ने तयारीमा छ । ९ नम्बर गेट बन्द हुने वित्तिकै सबै पानी छाड्छौं । १७ नम्बर गेट भित्र भएको लेदोहरु सफा हुन्छ । गेटहरु बन्द हुन्छ । पानीलाई पथान्तर गरेर काठमाडौंको सुन्दरीजलको १७ करोड ट्रिटमेन्ट पलान्टमा पठाउँछौं । १० दिनमा त्यो काम सकिन्छ । हाम्रा केही प्राविधिक कठिनाईहरु छन् । घोषणा गरेको समय अवधिभित्र नै हामी काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउछौं ।’

त्यस्तै, हेलम्बु गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले काठमाडौं वासीलाई मेलम्चीको पानी खुवाउने हेल्मबु गाउँपालिकाको पनि दायित्व रहेको बताए । हेलम्बु गाउँपालिकाले काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउने दायित्व पूरा गर्ने तर काठमाडौंवासीले शुल्क तिरेर पानी खाँदा हेलम्बुका जनतालाई २५ प्रतिशत हिस्सा पाउनुपर्ने माग समेत उनले राखे ।

उनले भने, ‘अहिलेको सरकारले पानी पथान्तर गर्दा स्थानीय सरकार छ भन्ने कुरा सम्झेको छ । अघिल्लो सरकारले पानी काठमाडौं पुर्याउँदा समेत थाहा दिने गरेको थिएन । कम्तिमा पनि यस क्षेत्रको ठूलो विपत हुँदा वा पानी लग्दा जानकारी दिँदा राम्रो हुन्छ । स्थानीय सरकारको पनि दायित्व हो काठमाडौका जनतालाई पानी छिटोभन्दा छिटो खुवाउने । त्यसमा पनि हाम्रो केही स्वार्थ छ । बारम्बार सरकारलाई हामीले भनिरहेका छौं । मेलम्चीको पानी काठमाडौंका जनतालाई निशुल्क खुवाउने हो भने हामीलाई एक रुपैयाँ पनि चाँहिदैन । यदि काठमाडौंमा मेलम्चीको पानी लगेर बेच्ने हो भने बेचेको २५ प्रतिशत मेलम्चीका स्थानीय जनतालाई रोयल्टी चाहिन्छ ।’

त्यस्तै मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले महानबाट टर्नेल सफा गर्न १७ नम्बर गेट खुल्ला गरेर काम अगाडि बढाएको बताए । उनले अहिले मेलम्ची खानेपानीको मुहानको बाहिर काम सकिएको बताए । टर्नेल भित्रको लेदो माटो सफा गर्नका लागि सबै गेट खोल्ने तयारीमा रहेको कुँवरले जानकारी दिए । गेट खोलेर टर्नेल सफा गर्दै ७ दिनमा मेलम्चीको पानी सुन्दरीजल पुर्याउने योजनाअनुसार काम भइरहेको समेत उनले बताए ।

मेलम्चीमा गत असार १ गते आएको बाढीका कारण सुरुङभित्र लेदो पसेको थिया । सुरुङमा पसेको लेदो हटाउन अझै दुई–तीन दिन लाग्ने भएको छ । १७ नम्बरको ढोका खोलिसकेकाले सुरुङ्मार्ग सफाइको काम अगाडि बढाएको छ । मेलम्चीमा १, ९, १७, ३८ र २१ गरेर पाँचवटा मुख्य गेट छन् । मुख्यतया पानी पठाउनका लागि आवश्यक पर्ने गेट ९, ३८ १७ र २१ नम्बरका हुन् । यीमध्ये ३८ नम्बर गेट खुलिसकेको छ । बाढीका कारण मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्सको संरचना २० देखि ३० फिटसम्म पुरिएको थियो ।

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑