
बाजुरा- गौमुल गाउँपालिकामा १० शैयाको अस्पताल शिलान्यास गरिएको छ । संघीय सांसद लाल बहादुर थापाले शुक्रबार एक कार्यक्रमका बीच अस्पतालको शिलान्यास गरेका हुन् । हरेक पालिकामा कम्तिमा एउटा १५ शैयाको अस्पताल निर्माण गर्ने संघीय सरकारको नीति अनुसार अस्पतालको शिलान्यास गरिएको हो ।

गौमुल गाउँपालिका–२ सियाढुङ्गगामा निमार्ण गरिने अस्पतालको सबै प्रक्रिया पूरा भएर अस्पताल निमार्ण गर्ने क्रम सुरु भएको छ । ९ रोपनी जग्गामा १४ करोड बढीको लागतमा अस्पताल निर्माण हुन लागेको हो ।
गाउँपालिकामा सञ्चालनमा रहेका स्वास्थ्य चौकील गायतमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी र पर्याप्त उपकरण नहुँदा स्तरीय सेवा पुयाउन आफुहरुलाई मुस्किल भईरहेको बेला १० शैयाको अस्पताल निमार्णपछि जनताहरुलाई सेवा दिन सहज हुने गौमुल गाउँपालिकाका हरि बहादुर रोकायाले बताएका छन् ।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको अस्पताल गौमुल गाउँपालिका कै पहिलो सरकारी अस्पताल हुने र अस्पताल सञ्चालनमा आएपछि मेडिकल सुपरिडेन्ट, मेडिकल अफिसर, जनस्वास्थ्य निरीक्षक सहित दरबन्दी हुने अध्यक्ष रोकायाको भनाई रहेको छ ।

एक स्थानीय तह एक अस्पताल योजना अनुसार गौमुल गाउँपालिकामा समेत अस्पताल निमार्ण प्रक्रिया सुरु गरिएको हो । करिव १४ करोड ५८ लाख ६ हजार ९ सय २९ कुल लागतमा अस्पताल निमार्ण गरिने भएको छ ।
गौमुल गाउँपालिकाले अहिले नियमित रुपमा एक सय प्रकारका औषधि स्थानीयलाई निःशुल्क रुपमा प्रदान गदैं आएको उपाध्यक्ष सीता थापाले बताएकी छन् । गाउँपालिकाले सबै प्रकारका औषधि निःशुल्क प्रदान गरिरहेको अवस्थामा थप १० शैयाको अस्पताल निमार्णले सहज हुने उपाध्यक्ष थापाको विश्वास रहेको छ ।

गाउँपालिकामा १० शैयाको अस्पताल निमार्ण गरिने भएपछि आफुहरु खुसी भएको स्थानीय जोगमल रोकायाले बताएका छन् । यसअघि उपचारका लागि देशका विभिन्न शहरमा जानुपर्ने बाध्यता अस्पताल निमार्णपछि हट्ने बताएका छन् ।
आज एक औपचारिक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य लाल बहादुर थापाले अस्पतालको शिल्यान्यास गरेका हुन् । अस्पतालको शिल्यान्यास गदैं थापाले आफु ईमानको राजनीति गर्ने भएका कारण विकटका जनताको समस्यालाई जहिले पहिलो प्राथमिकता राख्दैं आएको बताएका छन् ।
जिल्लाका थुप्रै स्थानका जनता अहिले पनि सहज रुपमा स्वास्थ्य सेवा पाउनबाट बञ्चित रहेको बताउँदैं समस्या अबबाट विस्तारै हट्दै जाने बताए । दुई वर्षभित्रमा निमार्ण गर्ने गरी पी.एस.÷रोयल जे.भी. धनगढी कैलालीले निमार्णको ठेक्का लिएको छ । सम्झौता अनुसार निमार्ण प्रक्रिया तीव्र गतिमा अघि बढाईएको छ । अस्पताल निमार्ण हुने भएपछि गौमुल बासी खुसी भएका छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर