• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

संघीयता पछिको बिछ्या

खप्तड मालिका न्युज March 31, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

महेश कार्की  बाजुरा- हिमाली गाउँ पालिकाको केन्द्र घुलाचौर बाट गाडी चढेर आधा घन्टाको यात्र पछि कवाडी पुगिन्छ । कवाडी बटा बिछ्याको यात्रा सुरु हुन्छ । कवाडी खोला हुँदै घनाघोर जङ्गल ठुला ठुला पहाड संगै उकाली र ओराली काटेर करिब छ घन्टाको पैदल यत्रा सके पछि साबिक बिछ्या गाबिसको केन्द बिछ्या पुगिन्छ । तेता बाट उतर तिर वडा नम्बर तीन नेटा युना बौडी गुम्बा लाम्पाटा हुँदै दुई दिनको पैदल बाटो हिडेर सैन पुग्न सकिन्छ । बिछ्या बाट पश्चिम तिर देउसैन टिन तरिखोला बाम हुदै पेठे गाउँको लामो अति सुन्दुर झरना हेर्न हेर्न सकिन्छ । दक्षिणतिर कोटिगाउ कोट रुम्दी किउडी र सुप हुँदै कवाडी पुगिन्छ। मोति झौ टल्किने हिमाल बहुमुल्य जडिबुटी र पाटन भरी अनेक प्रकारका रंगीचंगी फुलले बिछ्याको सुन्दरतामा रंग भरेको छ ।

अभाव अशिक्षा भौगोलिक विकटता सङ्ग जुधी रहेका बिछ्या बासी जनता अहिले संघीयता पछि अलि अलि सरकार भएको आभास गरि रहेका छ ।बाजुराको सदरमुकाम मार्तडी बाट चालिस कोष टाढा रहेको बिछ्याका जनता अनेकौं समस्य सङ्ग मितेरी लाउदै जीवन जिउनु पर्ने बाध्यता छ ।
पहिले पहिले चार दिनको बाटो हिडेर कोल्टी बाट दैनिकी उपभोग्य बस्तु लिनु पर्ने समस्य रहेको बिछ्यामा अहिले कवाडी सम्म नुन डिपो र चामल डिपो पुगेको छ । सामान्य बिमारी हुदा सिटामोल समत पाउन गाह्रो हुने ती दुर्गमका गाउँ हरुमा अहिले स्वास्थ चौकी स्थापना गरेर स्वास्थकर्मि खटिएका देख्न पाईन्छ । पहिले बिमारी हुदा घरमै प्राथमिक उपचार जडिबुटी खाएर बस्ने गरेको थियौ अहिले हप्ताको एक दिन औसधि बोकेर स्वास्थ कर्मी गाउँमै पुग्छ्न र बिमारी लाई चेकजाँच गरेर औसधि दिएर जाने गरेको बताउछ्न हिमाली गाउँ पालिका वडा नम्बर तिन गुम्बाका स्थानीय किस्न लामा । एक बस्ती बाट अर्को बस्ती पुग्न ५/६ घन्टा पैदल यात्रा गर्नु पर्ने समस्य सङै टेलीफोनको भने निकै समस्य रहेको छ ।

बिस्वले सञ्चार जगतमा निकै फट्को मारिरहेका बेला बिछ्यामा भने टेलीफोन सेवा प्रभावकारी छैन । टेलीफोन नहुदा जनजीवनमा निकै कष्टकर हुने गरेको र दुखी बिमारी हुदा आफन्त सम्म खबर पुर्याउनु परे घर बाट टाढा डाडो चडेर फोन गर्नु पर्ने समस्य रहेको स्थानीयको गुनासो छ। बिगतका दिन हरुमा हस्पिटल टाढा हुने र बच्चा लाई खोप समेत लगाउन थाहा थिएन तर यतिखेर गाउँमा स्वास्थ चौकी स्थापना भए पछि सामान्य उपचार सहित खोप सेवा सजिलै पाउने गरेको वडा नम्बर एकका स्थानिय चिरन रोकायले बताए । पुख्र्यौली देखि कुवा र खोलाको पानी खाने गरेका बिछ्याका जनताले अहिले हिमाली गाउँ पालिकामा एक घर एक धारा कार्यक्रम अन्तरगत प्रदेश सरकार र स्थानीय सरकारको लगानीमा घर घरमा धारा देख्न पहिन्छ । घरघरमा पानी पुगे पछि बिछ्याका जनताले अलिअली भएपनि आफुलाई खान पुग्ने गरि तरकारी खेती सुरु गरेका छ्न । साविकको बिछ्या गाबिसमा दुई वटा माबी र आठ आधारभूत गरि दश वटा बिधालय रहेका छन । तर दस वटा बिध्यालय हुदा पनि एसिई सकिसके पछी माथिल्लो तहको पढाई गर्न तीन दिनको बाटो हिडेर कोल्टि जानू पर्ने समस्य उस्तै रहेको एकजना बिध्याथी राम ब थापाले बताए । थापाका अनुसार अलि अलि पुजि हुनेका बालबालिका कोल्टी लगायत जिल्ला बाहिर गएर अध्यान गर्छ्न नत्र प्रराय बिद्यार्थी हरुले एसिई पछि पढने मन हुदा हुँदै पनि बाध्यताले बिध्यालय छोडने गरेको पाईन्छ । गाउँ पालिकाले अझै शिक्षा क्षेत्र लाई गुणस्तर बनाउन विभिन्न शैक्षिक कार्यक्रम बनाई रहेको छ।

यो आर्थिक बर्शमा धुलो मुत्त बिध्यालय कार्यक्रम सुचारु गरेर सबै बिध्यालयमा प्रयाप्त मात्रामा डेस्क,बैन्च
र कार्पेट बितर गरेको छ । हिमाली गाउँ पालिका खडेरीले गर्दा भोकमरी हुने भएकाले गाउपालिकाले त्यहाँ का जनताको आर्थिक अवस्था लाई माथी उठाउन फलफूल खेतीको सुरुवात गरेको गाउपालिकाका नि प्रमुख प्रशासकीय अधिकृत राज ब भन्डारिले बताउनु भयो । एक घर परिवार बराबर तीस बोट फलफूलका बोट बितरण गरेको र फलफूलका बिरुवा लगाय वाफत प्रती बोट बराबर पाँच केजि चामल समेत उपलब्ध गराउने गरेको छ। यो बर्श मात्रै हिमाली गाउँ पालिकाको वडा नम्बर एक बाममा कृषि ज्ञान केन्द्र बाजुरा र गाउँ पालिकाको लगानीमा १३ सय बोट एक बर्षमै फल्ने इटालियन फुजी स्याउ रोपिएको बामका स्थानीय जोखेलाल भन्डारिले बताउनु भएको छ । भौगोलिक विकटता कारणले बिछ्या अझै सडक संजालमा जोडिन छैन सकेको छैन।

 

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑