
चैत्र,१७- गुजरात फाइल्सकी लेखिका तथा भारतीय पत्रकार राना अय्युबले उनलाई देश छोड्न रोक्ने प्रवर्तन निर्देशनालयको कारवाहीलाई दिल्ली उच्च अदालतमा चुनौती दिएकी छिन् ।

मुख्य न्यायाधीश विपिन संघी र न्यायाधीश नविन चावलाले मुद्दाको सुनुवाई गर्नेछन् ।
राना अय्युबका वकिलले उनको मुद्दाको शीघ्र अपिल गरेका थिए किनभने उनी पहिले नै निश्चित भइसकेको कार्यक्रमका लागि लण्डन र इटली जानुछ । भोलि उनको फ्लाइट पनि छ ।
अदालतले उनले बिहिबार बिहान ११ बजे अघि मुद्दा दर्ता गर्छन् भने यसलाई भोलि सूची बद्ध गरिने बताएको छ ।
पत्रकार राना अय्युबलाई मंगलबार मुम्बई एयरपोर्टमा अधिकारीले विदेश जान रोक लगाएका थिए ।
यो पनिः
गुजरात फाइल्स लेख्ने पत्रकार राना अय्युबलाई विदेश जान रोकियो
मनी लन्ड्रिङको मामिलाः
रानाविरुद्ध प्रवर्तन निर्देशनालय (इडी) ले एउटा लुक आउट सर्कुलर जारी गरेको छ जसका कारण उनलाई विदेश जान रोकियो ।
केन्द्रीय अनुसन्धान एजेन्सीले अय्युबविरुद्ध मनी लन्ड्रिङको एउटा मामिलामा उनीसँग सोधपुछ गर्न चाहन्छ ।
राना लण्डनका लागि उडान भर्नका लागि मुम्बई विमानस्थल पुगेकी थिइन् तर इमिग्रेशन अधिकारीले उनलाई रोकेका थिए । त्यसलगत्तै इडीको एउटा टीम विमानस्थलमा उनको सोधपुछका लागि गएको र उनलाई अनुसन्धानमा समावेश हुनका लागि भनेको थियो ।
रानालाई कोरोना महामारीका बेला जुटाइएको च्यारिटेबल फन्डमा कथित अनियमितताको विषयमा इडीले उनीविरुद्ध अनुसन्धान गरिरहेको छ ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर