
बाजुरा – सन नेपाल लाइफ इन्स्योरेन्सले बाजुराका एक मृतकका हकवाललाइ मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनिले मंगलबार बुढिनन्दा नगरपालिका वडा नं. ३ निबासी बिमित स्वर्गिय मोतिकला लसहारकी हकवाला तथा श्रीमान मन बहादुर लुहारलाइ एक कार्याक्रमको आयोजना गरी मृत्यु दाबी भुक्तानी गरेको हो ।
प्रमुख अथिती सन नेपाल लाईफ इन्स्योरेन्स शाखा कार्यालय डडेल्धुरा प्रबन्धक दिपेन्द्र कुमार शाहले स्वर्गिय मोतीकला लुहारको हकवाला तथा श्रीमान मन बहादुर लुहारलाइ मृत्यु दाबी भुक्तानीको १ लाख ९५ हजार २ सय ५४ रुपैयाँ बराबरको चेक सयुक्तरुपमा हस्तान्तरण गरेका हुन ।
बिमित स्वर्गिय मोतीकला लुहारले बीमालेख नम्बर ७०१००००००८३१ अन्र्तगतको सन लाईफ साबधिक जीबन बीमा आयोजनामा बिमाङ्क १ लाख ८५ हजार रुपैया बराबरको जीबन वीमा गरायका थिए र बार्षिक बीमा शुल्क रु ९९३६को दुइ किस्ता मात्र जम्मा गरेकी थिए । मृतक स्वर्गिय मोतिकला लुहारको दुइ किस्ता तिर्दै मिति २०७८ असाढ १ गते अबिरल बर्षा संगै आएको खोलाले बगायर मृत्यु भएको हो ।
शाखा प्रबन्धक दिपेन्द्र कुमार शाह कार्यक्रमा बोल्दै कम्पनिले समयमै सहज प्रक्रियाबाट दाबी भुक्तानी गरेकोमा धन्यबाद प्रकट गर्दै सम्पूर्ण बाजुराबासी हरुलाइ समयमा नै जीबन बीमा गरी आफू र आफ्ना आश्रितका लागि आर्थिक जोखिमको ब्यवस्थापन गर्न आबसेक रहेको शाह ले बताउनु भएको छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर