
काठमाडौं– नाबालिगमाथि बलात्कार गरेको अभियोग लागेका कलाकार पल शाहको निवेदनमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन मगाउने आदेश जारी गरेको छ।

बलात्कार अभियोगमा तनहुँ जिल्ला अदालतको आदेशले पूर्पक्षका लागि थुनामा पठाइएका अभियुक्त शाहलाई थुनामा पठाउनुको कारणसहितको कैफियत प्रतिवेदन माग्न उच्च अदालतले आदेश जारी गरेको हो।
बुधबार उच्च अदालत पोखराका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो।
तनहुँ जिल्ला अदालतको आदेशले पूर्पक्षका लागि थुनामा गएका शाहले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिम साधारण तारेखमा रिहाइको माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।
तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन प्राप्त भएपछि मुद्दा सुनुवाइका लागि पेसी तोकिने छ।
तत्काल प्राप्त हुन आएको प्रमाणका आधारमा बलात्कार भएको देखिने भन्दै तनहुँ जिल्ला अदालतले चैत १० गते शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर