• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

२८ वर्षमा अनमोल : करिअर सफल, अभिनयमा निखार ल्याउन आवश्यक

खप्तड मालिका न्युज March 30, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं – अभिनेता अनमोल केसी बुधबार आफ्नो जन्मदिन मनाउँदैछन् । उनी २८ वर्षमा प्रवेश गरेका छन् । उनको अभिनय करिअरले पनि १४ वर्ष पार गरिसकेको छ । सन् २०६५ सालमा रिलिज भएको फिल्म ‘सुपरस्टार’ उनको पहिलो फिल्म हो ।

घरेलु बक्स अफिसमा ब्लकबस्टर बनेको फिल्म ‘सुपरस्टार’मा अनमोल बाल कलाकारको रुपमा फिचर्ड थिए । ११ वटा फिल्म खेलिसकेका अनमोलको केन्द्रीय भूमिका रहेको फिल्म ‘होस्टेल’ सुपरहिट भएको थियो ।

हेमराज बीसी निर्देशित यो फिल्मको सफलतापछि अनमोलले पछाडि फर्केर हेर्नुपरेन । जेरी, गाजलु, ड्रिम्स, कृ, क्याप्टेन, ए मेरो हजुर ३ उनका हिट फिल्म हुन् । यस्तै ‘म त तिम्रै हुँ’ उनले आमा सुस्मितासँग मिलेर निर्माण गरेका थिए ।

उनको आगामी फिल्म ‘ए मेरो हजुर ४’ वैशाख १ गते रिलिज हुँदैछ । त्यसपछि उनी लण्डनमा छायांकन हुने फिल्म ‘हनी बनी’मा व्यस्त हुनेछन् ।

चुनौती पनि उत्तिकै

अनमोलको अभिनय करिअर व्यावसायिक रुपमा सफल रहेपनि उनको अभिनय क्षमतालाई लिएर बारम्बार प्रश्न उठ्ने गरेको छ । अनमोलको अभिनय क्षमतालाई लिएर समीक्षकले प्रश्न उठाइरहेका हुन्छन् । मुख्यतः उनको अभिनयमा निखार आएन भन्ने गुनासो छ । अनमोलले गर्ने चरित्रमा विविधता नआएको विषयमा पनि टिप्पणी हुने गरेको छ ।

अनमोलले जति फिल्म गरे, अधिकांश फिल्ममा उनका चरित्र ‘लार्जर द्यान लाइफ’ शैलीका छन् । उच्चमध्यम वर्गका चरित्र निर्वाह गरेका अनमोलले अब यथार्थमा आधारित फिल्ममा अभिनय गर्नुपर्छ भन्ने सुझाव छ ।

चरित्रको भौतिक पक्ष रुपान्तरणमा उनी प्रतिबद्ध छन् भन्ने कुरा त उनले चरित्रमा डुब्न कपाल र ज्यान बनाउन देखाएको लगावले नै थाहा हुन्छ । तर अभिनेताका लागि चाहिने मुख्य तत्व अभिनय हो । सुरुका फिल्ममा भन्दा उनको अभिनय केही परिपक्क देखिएपनि अपुग रहेको समीक्षकहरुको भनाइ छ ।

‘कलाकारको लागि मुख्य कुरा अभिनय नै हो,’ फिल्म लेखक सामीप्य तिमल्सिना भन्छन्, ‘लामो रेसको घोडा बन्न उसले अझै मिहेनत गर्नुपर्छ ।’

पछिल्लो समय अनमोलालाई सार्वजनिक वृत्तबाट मेगास्टारको उपाधि दिइएको छ । उनले यसलाई स्वीकारेका पनि छन् । ‘उपाधिको मर्मलाई कायम राख्ने हो भने सोही अनुसार अब्बल अभिनेता र अभिनयको पक्षमा उनले आफूलाई उभ्याउनुपर्छ,’ तिमिल्सिना अगाडि भन्छन्, ‘किनभने पछिल्लो समय प्रतिस्पर्धा छ ।’

वैशाख १ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ४’मा अनमोल मुख्य भूमिकामा छन् । सोही मितिमा दुई भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ र ‘जर्सी’ पनि प्रदर्शन हुँदैछन् ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑