• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

निर्वाण चौधरी बने ‘स्टोरी टेलर’

खप्तड मालिका न्युज March 30, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

  चैत्र,१६- चम्पादेवी डाँडोमाथि सुर्यास्तको सुन्दर दृश्य चम्किरहेको थियो । राजधानी शहर सन्ध्यालाई स्वागत गर्ने तरखरमा थियो । घण्टाघरको घडीले साँझको पाँच बजेको संकेत गर्दै हुँदो हो ।
राजधानीको सातदोबाटोस्थित अनु बुक्समा बालबालिकाहरु उत्सवमय रौनकमा रमाउँदै थिए । विभिन्न रंगमा सजिएका रंगिन बालकुर्चीहरु आ–आफ्नै सुरमा यत्रतत्र रमाइरहेका बालबालिकाको प्रतिक्षामा देखिन्थे । सारंगी र मादलको कलात्मक तालमा सुरिलो संगीतको ध्वनीले हलमा सुमधुर मादकता भरेको थियो । यही वातावरणकाबीचमा झुल्किए, निर्वाण चौधरी । उनै निर्वाण, जो चौधरी ग्रुपका प्रबन्ध निर्देशक हुन् ! देशको एकमात्र डलर अर्बपति विजनेश ग्रुपका उत्तराधिकारी ।

निर्वाण त्यहाँ कुनै व्यवसायीको रुपमा सहभागी भएका थिएनन् । उनी त्यहाँ हाजिर थिए त नयाँ परिचयका साथ । शहरका एकजना नयाँ कथाकारको रुपमा । त्यस समारोहमा निर्वाण चौधरीद्वारा लिखित अंग्रेजी कथासंग्रह ‘आर्याज फेबल्स’को विमोचन हुदै थियो । आर्याज फेबल्स बालबालिकाकालागि लेखिएको कथासंग्रह हो ।

आर्याज फेबल्स निर्वाण चौधरीले आफ्नो छोरी आर्याको छैठौं जन्मदिनको अवसरमा तयार पारेको उपहार हो । ‘बुवाको रुपमा मैले हरेक साँझ छोरीलाई कथा सुनाइरहेको हुन्छु । एक साझ मलाई के लाग्यो भने यी कथाहरु हाम्रा सबै बालबालिकाहरुलाई उत्तिकै रोचक लाग्न सक्छन्’ पुस्तक कसरी तयार भयो भन्ने बारे स्पष्ट गर्दै निर्वाणले भने, ‘त्यसपछि मैले छोरीलाई कथा सुनाइरहदा रेकर्ड गर्न थाले र आज यसले पुस्तकको आकार लियो ।’

चौधरी फाउण्डेसनमार्फत बालबालिकाकालागि ‘डिजिटल क्लासरुम’ र ‘शुद्ध खानेपानी कार्यक्रम’ जस्ता योजना कार्यान्वयन गरिरहेका निर्वाणले भने, ‘हाम्रा सबै बालबालिका उत्तिकै विशेष छन् । र, उत्तिकै महत्वपूर्ण छन् । त्यसैले मेरी छोरीलाई सुनाइरहेका कथा सबै बालबालिकालाई पुस्तकमार्फत सुनाउन चाहेको कारण यहि हो ।’ कार्यक्रममा सहभागी सबै बालबालिकालाई निर्वाण आफैले आर्याज फेबल्स उपहार दिएका थिए । कथाकार चौधरीले आफ्नो कृतीको विमोचन गर्दै आफुले आफ्नो छोरीमार्फत देशभरिका बालबालिकालाई कथाहरुको संग्रह उपहार दिन पाउँदा खुसी लागेको बताए । ‘यस पुस्तकको बिक्रीबाट आउने रकम बालबालिकाकै हितमा प्रयोग गरिने छ’ लेखक चौधरीले भने, ‘देशभरिका बालबालिकाको उपचार हुने मुलुककै जेठो कान्ति बाल अस्पतालको विकासमा पुस्तक विक्रिबाट आउने रकम खर्चिने छौं ।’

वास्तवमा निर्वाण आफैमा कला, साहित्य, संगीत र सिर्जनाका संयोजन जस्ता लाग्छन् । उनी विजनेशमा जतिसुकै व्यस्त भएपनि सामाजिक योगदान विनाको विजनेशमा रुची राख्दैनन् । यसपटक उनी बालबालिकाकोलागि ‘स्टोरी टेलर’का रुपमा प्रस्तुत भएका छन् ।

यस पुस्तकमा जम्मा बीस बालकथा रहेका छन् । पहिलो खण्डमा १३ वटा कथा रहेका छन् भने दोस्रो खण्डमा बुवा (निर्वाण) र छोरी (आर्या)को संवादमा आधारित सात कथा रहेका छन् । कथाहरु बाल नैतिकतालाई केन्द्रमा राखेर लेखिएको छ । बहादुरी र लचकता, आत्मविश्वास, सधैका प्रिय मित्र, क्षमा, एउटा सकरात्मक मनस्थिति, इमानदारिता, नागरिकता र सामाजिक सिप, समयको महत्व, स्वस्थ्य जीवनशैली लगायतका कथाहरु पुस्तकमा समावेश छन् । यसमा बालआर्टलाई पनि कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ । सज्जा र डिजाइनमा निकै ध्यान दिइएको पुस्तक हार्ड कभर र गुणस्तरीय कागजमा प्रकाशित छ ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑