• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

रोल्पा भर्सेस रुपन्देही : ‘भ्यु टावर’ ठडाउने प्रतिस्पर्धा !

खप्तड मालिका न्युज March 29, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

  चैत्र,१५-  स्थानीय तह निर्वाचन मिति नजिकिएसँगै विगत वर्षहरूमा भए गरेका विकासे कामहरूको चर्चा र उद्घाटन गर्न राजनीतिक दलका शीर्ष नेताहरू प्रतिस्पर्धामा उत्रिन थालेका छन् । अझ रोचक त के छ भने भ्यु टावरको उद्घाटनसँगै नेताहरूबीच विकासको गति र मोडलको स्वामित्व लिन होडवाजी नै चलेको छ । प्रमुख राजनीतिक दलका नेताहरू यिनै भ्यु टावर देखाएर आगामी निर्वाचनमा जनतासँग मत माग्दै पुन आफ्नो पार्टीलाई जिताउन मतदातासँग अनुनयविनय गरिरहेका छन् ।

प्रमुख राजनीतिक दलका नेताहरूमा देखिएको भ्यु टावर मोहलाई सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । विज्ञहरू पनि संघीयतामा विकासको मोडल भ्यु टावर हुन नसक्ने बताउँछन् । उनीहरूका अनुसार मानव विकास सूचकाङ्क सुधार गर्नलाई शिक्षा, स्वास्थ्य जस्ता शीर्षकमा खर्च गर्नुपर्ने बताउँछन् । सोमबार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोल्पा पुगेर भ्यु टावरको उद्घाटन गरे लगत्तै अर्का पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले रुपन्देहीमा अर्को भ्यु टावरको उद्घाटन गरे ।

भ्यु टावर उद्घाटनमा प्रतिस्पर्धा

मंगलबार एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमामा निर्मित करिब ११ करोड रुपैयाँमा बनेको भ्यूटावर उद्घाटन गरे । ओलीले उद्घाटन गरेको भ्यु टावर करिब ११ करोड रुपैयाँ लागतमा बने पनि झण्डै २ करोडको निर्माणको काम बाँकी नै छ । उक्त भ्यु टावर शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको ३० प्रतिशत र तिलोत्तमा नगरपालिकाको ७० प्रतिशत लगानीमा निर्माण भएको हो । ओलीले उद्घाटन गरेको भ्यु टावर १० तले छ । जसमा होटेल, व्यावसायिक पसल, पुस्तकालय आदि रहने नगरपालिकाले जनाएको छ । ओलीले मंगलबार उद्घाटन गरेको उक्त भ्यु टावर निर्माण नसकिँदै उद्घाटन गरेका हुन् । टावर निर्माणमा लगानी गरेको रुपन्देही वन वाटिकाका अध्यक्ष बेलप्रसाद शर्माले जनप्रतिनिधिको म्याद सकिन लागेकाले २० प्रतिशत काम बाँकी रहे पनि उद्घाटन गरेको जानकारी दिए ।

रोल्पाको काउन्टर रुपन्देहीबाट

ओलीले रुपन्देहीको भ्यु टावर उद्घाटन गर्नु अघिल्लो दिन मात्रै प्रचण्डले रोल्पाको लिवाङमा भ्यु टावरको उद्घाटन गरेका थिए । झन्डै ६ करोड लगानी गरेर निर्माण गरिएको रोल्पाको भ्यु टावरमा रोल्पा नगरपालिकाले रकम खर्चेको छ । ‘जनयुद्ध’ स्मृति टावर नामक उक्त टावरको लागतका लागि पाँच करोड ७१ लाखमा टेन्डर आह्वान भएको रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीको भनाइ छ । टावरको अगाडि ०५२ फागुन १ गते ‘जनयुद्ध’ सुरु हुँदा सार्वजनिक पहिलो पोष्टरबाट दुई वटा शालिक निर्माण भएका छन् । जनयुद्धकालमा रोल्पामा सहादत प्राप्त ७६२ र राज्यपक्षबाट बेपत्ता बनाइएका १६५ गरी ९४६ जनाको स्मृतिमा टावर नजिकै अर्को शालिक निर्माण गर्ने तयारी छ ।

टावर विकासको नमुना ?

त्यसो त २०७२ को संविधान जारी भएसँगै संघीयता कार्यान्वयन भएको मानिन्छ । सोही अनुसार २०७४ मा तीनै तहका निर्वाचन सम्पन्न भएपछि स्थानीय तहमा भ्यु टावर निर्माण गरेर विकासको मोडल प्रस्तुत गर्ने प्रयासमा प्रमुख राजनीतिक दलका नेताहरू स्वयं लागेका प्रशस्तै उदाहरण छन् । भ्यु टावर निर्माण गरेर समाजवाद र समृद्धि आउँदैन भन्नेमा राजनीतिक दलका नेता र स्थानीय जनप्रतिनिधिहरू जानिफकार नभएका भने होइनन् । ‘भ्यु टावर उद्घाटनका क्रममा पहाडको डाँडोमा किन टावर चाहियो भनेर आलोचना हुने गरेको प्रसंग कोट्याउँदै रोल्पाका मेयर पूर्ण केसी भन्छन्, ‘यो टावर नगरपालिकाको आयआर्जनको माध्यम बन्न सक्छ । मासिक दुई लाख आउने गरी टेन्डर आह्वान गरेर व्यवस्थापन गर्न लागिएको छ ।’

टावर उद्घाटन गर्दै माओवादी अध्यक्ष प्रचण्डले रोल्पा जनयुद्धमा मात्रै नभएर विकासमा पनि नमुना बन्न सक्ने बताए ।

एमाले अध्यक्ष ओलीले पनि रुपन्देहीको भ्यु टावर उद्घाटन गर्दै एमालेको सरकार बनेपछि भ्यूटावर निर्माण लगायत विकासको लहर चलेको दाबी गरे । त्यसक्रममा उनले जनप्रतिनिधिहरू स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिँदै आवश्यकता अनुसार टोल टोलमा विकास पुर्‍याउन तिलोत्तमाको नीति सबैले अनुसरण गर्नुपर्ने सुझाव दिए । लुम्बिनीको रोल्पा र रुपन्देहीमा मात्रै होइन ओलीको गृह जिल्ला झापाको काँकडभिट्टा र दमकमा समेत करोडौँ करोड खर्चेर भ्यु टावर निर्माण भइरहेका छन् ।

विज्ञ भन्छन्– अर्थ छैन

राष्ट्रिय सभा सदस्य तथा संघीय मामिलाका जानकार खिमलाल देवकोटा भ्यु टावर निर्माणले दीर्घकालीन विकास र संघीयताको मर्म अनुसार नहुने बताउँछन् । ‘विकास भनेको टावर बनाएर होइन, दीर्घकालीन रूपमा फाइदा हुने ठुलठुला सिँचाइमा लगानी गर्नुपर्छ वा ठुला सडक नै बनाउन सकिन्छ । हाइड्रोपावर बनाउन सकिन्छ । खानेपानी, विद्यालय र क्याम्पस बनाउन सकिन्छ यसलाई विकास भन्न सकिन्छ’, देवकोटाले रातोपाटीसँग भने, ‘भ्यु टावर भनेको सामान्य काम हो, जसले धेरै रोजगारी पनि दिँदैन र आम्दानी पनि दिँदैन ।’ उनले विकासको मोडल भनेको दीर्घकालीन रोजगारी र आम्दानी बढाउने योजनामा जानुपर्ने भन्दै गाउँगाउँमा भ्यु टावर बनाउने कार्यक्रमलाई डिस्करेज गर्नुपर्ने बताए । यसलाई करेक्सन गर्न सरकारले नीति नै बनाउनुपर्ने देवकोटाको सुझाव छ । उनले नेताहरू यस्तै विकासे मोडलमा रमाएकाले पनि संघीयता कमजोर हुन थालेको आफूले बारम्बार भन्ने गरेको बताए । ‘नेताहरू नै यसको पछि लागेपछि तपाई हामीले केही गर्न सक्दैनौ र भन्न पनि सक्दैनौ । नेताहरूले स्ट्राटेजिक खालका योजनाहरूलाई प्राथमिकतामा राख्ने हो भनेमात्र संघीयताको उपलब्धि बन्न सक्छ’, संघीयताका लागि लडेका राजनीतिक पार्टी र नेताहरूलाई देवकोटाको सुझाव छ ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑