• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

फेरि राजनीतिमा सक्रिय हुने मुडमा भुवन केसी, कुन पार्टी रोज्लान् ?

खप्तड मालिका न्युज March 28, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,१४-   २०७० सालको संविधानसभा निर्वाचनपछि नायक भुवन केसी एमालेमा प्रवेश गरे । पार्टी प्रवेशसँगै एमालेको चुनावी अभियानमा सक्रिय भएका केसीको उद्देश्यमा सभासद् बन्ने थियो । सोहीअनुसार एमालेले उनलाई काठमाडौं क्षेत्र नम्बर १ बाट समानुपातिक उम्मेदवार बनाउने निर्णय पनि गरेको थियो । पार्टीभित्र उनलाई टिकट दिएको विषयमा चर्को आलोचना भएपछि २४ घण्टा नबित्दै उनको टिकट खोसेर विद्या न्यौपानेलाई टिकट दिएको थियो ।

त्यसपछि असन्तुष्ट बनेका उनी राजनीतिमा खासै सक्रिय छैनन् । तर उनी एमालेमै आबद्ध रहेको बताइन्छ । त्यतिबेलै केसीले पत्रकार सम्मेलन गर्दै आफूले टिकट नपाए पनि एमालेमै रहने बताएका थिए । त्यतिबेला केसीले आफू सभासद नभएकोमा सिंगो चलचित्र क्षेत्र नै निराश बनेको जिकिर गरेका थिए ।

त्यसयता एमालेमा खासै सक्रिय नभएका केसी चुनावको मुखमा फेरि राजनीतिमा सक्रिय हुन लागेका छन् । हालसम्म एमाले परित्याग नगरेको भएपनि उनी अन्य दलसँग समेत छलफलमा रहेको खुलेको छ । केसीले रातोपाटीसँगको कुराकानीमा पनि राजनीतिमा सक्रिय हुन चाहेको खुलाए । तर, कुन पार्टीमा सक्रिय हुने भन्नेबारे चाहिँ अहिले नै निर्णय लिइ नसकेको जिकिर गरे । राप्रपाका नेताहरुले केसीलाई राप्रपामा प्रवेश गराउनका लागि छलफलहरु भइरहेका छन् । तर, छलफल सकारात्मक ढंगले अघि बढिरहेको पनि नेताहरुको जिकिर छ ।

स्वयम् केसीले चाहिँ अहिलेसम्म ठोस निर्णय भइनसकेको बताए । ‘राजनीतिक दलहरूसँग भेटघाट हुन्छ, पार्टीमा आउन भनेपछि स्वभाविक रुपमा कुराकानी हुन्छ । पार्टी प्रवेश गरेँ भने म औपचारिक रुपमै प्रेस मिट गर्छु । अहिले नै यो कुरा भएको होइन’, केसीले रातोपाटीसँग भने ।

यस विषयमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भुवन केसीजस्ता ख्याति कमाएका मानिसहरु पार्टीमा आए भने राम्रो हुने बताउँदै पार्टीमा प्रवेश गराउनेबारे छलफल गर्न सकिने बताए । विभिन्न क्षेत्रका व्यक्तित्वहरु पार्टी प्रवेश गराउन छलफल चलिरहेको उनको भनाइ छ । ‘हामीले समाजका विभिन्न व्यक्तित्वहरुसँग, विभिन्न क्षेत्रमा ख्याति कमाएका मान्छेहरूसँग कुराकानीहरू गरिराखेका छौँ’, उनले भने, ‘यसअनुसार कति जोडिनुभएको छ भने कतिपय जोडिने क्रममा हुनुहुन्छ । यो त्यो भन्ने कुरा त भएन ।’

उनले मालेका नेता सीपी मैनालीसँग पनि चुनावी तालमेल वा सहकार्य गरेर जानेबारे छलफल भइरहेको बताए । भुवन केसी राप्रपा प्रवेश गर्ने चर्चाका बीच एमालेले समेत उनलाई पार्टीमा सक्रिय गराउन खोजेको छ । त्यसका लागि केही नेताहरु प्रयासरत रहेको बताइन्छ । यस्तो अवस्थामा भुवन राजनीतिमै सक्रिय रहने मुडमा रहेकाले कस्तो निर्णय लिनेछन् त्यो भने हेर्न बाँकी नै छ ।

केही दिनअघि अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी थिइन् । यसअघि नै कलाकार कोमल वली एमालेमा सक्रिय छिन् भने नायिका रेखा थापा राप्रपा मै सक्रिय छिन् । अन्य केही कलाकार पनि कलाकारितासँगै पार्टी राजनीतिमा आबद्ध रहेका छन् ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑