
चैत्र,१४- बुटवलको मैनाबगरमा एक हजार जनालाई पुग्ने खानेपानी ओभरहेड ट्याङ्कीको शिलान्यास गरिएको छ । बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रदेश सरकारको करिब ९ करोड लगानीमा मैनाबगरको अटो भिलेजमा खानेपानी ओभरहेड ट्याङ्की गरिएको हो ।

लुम्बिनी प्रदेश राष्ट्रिय योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले योजनाको शिलान्यास गर्दै व्यवसायीलाई स्वामित्व हस्तान्तरण गर्न सके उनीहरुले अपनत्व महसुस गर्ने बताए । उनले उक्त क्षेत्रमा निर्माण हुन लागेको करिडरले अटो क्षेत्र प्रभावित नहुने गरि विकल्पका बारे छलफल गर्न जरुरी रहेको समेत उपाध्यक्ष क्षेत्रीले बताए ।
कार्यक्रममा बुटवल अटो इन्जिनियरिङ एशोसियसनका अध्यक्ष तुल्सीराम न्यौपानेले खानेपानी आयोजना सम्पन्न भएपछि मैनाबगर अटो भिलेज र यस आसपासका हजार घर परिवार लाभान्वित हुने बताए ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर