
चैत्र,१४- ‘ताल, हंगामा, दिल चाहता है’ जस्ता फिल्ममा देखिइसकेका अभिनेता अक्षय खन्ना ४६ वर्षको उमेरमा पनि अविवाहित छन् । एउटा यस्तो समय थियो जब उनका पिता करिष्मा कपुरसँग उनको विवाह गराउन चाहन्थे तर यस्तो हुन सकेन । वास्तवमा विनोद खन्नाले छोरा अक्षयका लागि आफ्ना साथी रणधीर कपुरकी छोरी करिष्माको हात मागेका थिए । करिष्माकी आमाले उक्त सम्बन्ध अस्वीकार गरेकी थिइन् । करिष्माको विवाह सञ्जय कपुरसँग भयो तर अक्षयले कहिल्यै विवाह गरेनन् ।
अक्षयका अनुसार उनी एक्लो जीवनमा नै रमाउँछन् र उनलाई विवाह वा बच्चामा कुनै रुची छैन । विवाह मन नपराउने स्टारकिड उनी एक्ला होइनन् । आउनुहोस्, आज त्यस्ता कलाकारबारे जानकारी लिऔः
सलमान खानः
सलिम खानका छोरा तथा बलिउडका भाइजान सलमान खान ५६ वर्षको उमेरमा पनि सिंगल लाइफमा रमाइरहेका छन् । सलमान वर्षौं अघि संगिता बिजलानीसँग विवाह गर्ने तयारीमा थिए, उनीहरुको विवाहको तयारी पनि भइसकेको थियो तर अन्तिम समयमा यी दुईले आफ्नो निर्णय बदले । त्यसपछि सलमानको नाम ऐश्वर्या, कट्रिना कैफसँग जोडियो, तर विवाह भने हुन सकेन । सलमान हरेक पटक विवाहको कुरालाई यत्तिकै टार्ने गर्छन् ।
कपुरः
जितेन्द्रका छोरा तुषार कपुरलाई पनि विवाहमा रुची छैन । यद्यपि, उनले सरोगेसीमार्फत् आफ्नो परिवार सुरु गरे । ४५ वर्षका अभिनेताको एउटा छोरा छन् जसको नाम लक्ष्य कपुर हो ।
एकता कपुरः
जितेन्द्रकी छोरी एकता कपुरले पनि विवाह गरेकी छैनन् । एकताले थुप्रै पटक अन्तरवार्तामा विवाह नगर्ने विचार राखिसकेकी छिन् । एकताको घरमा सन् २०१९ मा सरोगेसीमार्फत् छोरको जन्म भएको छ जसको नाम रवि हो ।
करण जोहरः
चर्र्चित निर्माता यश चोपडाका छोरा करण जोहर ४९ वर्षको उमेरमा पनि अविवाहित छन् । करणलाई विवाहमा रुची छैन तर सरोगेसीमार्फत् उनका दुई सन्तान यश र रुही छन् ।
मुखर्जीः
तनुजाकी कान्छी छोरी तनिषा मुखर्जीले ४४ वर्षको उमेरमा पनि विवाह गरेकी छैनन् । नायिकाको नाम अभिनेता अरमान कोहलीसँग जोडिइसकेको छ ।

यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर