
चैत्र,१४- १३ किलो चाँदीका गरगहना लुटपाट गरेर फरार भएका ४ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झपाको दमकका २४ वर्षीय सविन बिक, सुनसरीको इटहरीका २४ वर्षीय बादल बिक, महोत्तरीको बर्दिबासका २४ वर्षीय मनोज ठाकुर उदयपुरको रौतामाईका विशाल बिक रहेका छन् ।

चैत ८ गते उनीहरुले झापाको दमक नगरपालिका वडा नम्बर १ मा रहेको पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्सका कर्मचारी ओम कालिकोटले बोकेको गरगहना लुटपाट गरेको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ आइरहेको अवस्थामा मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४ वेतनास्थित सडक खण्डमा उनीहरु उक्त चाँदीका गरगहना लुटी फरार भएका थिए ।
प्रहरीले उनीहरुको साथबाट लुटिएको सामान नियन्त्रणमा लिई जिल्ला अदालत मोरङबाट म्याद लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर