• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

सामाजिक सञ्जालमा महिलाको ‘चीरहरण’ कहिलेसम्म ?

खप्तड मालिका न्युज March 28, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,१४-  केही समयअघि एकजना नायिकाले सुनाउनु भो, ‘मलाई त फेसबुक खोल्न पनि डर लाग्छ आजकाल । कमेन्टहरू पढेर डिप्रेसनमै गइसकेँ ।’ त्यसबेला उहाँ एउटा सामान्य विवादमा पर्नुभएको थियो । सामाजिक सञ्जालमा धेरैले आलोचनात्मक टिप्पणी गरिरहेका थिए । तर पनि मलाई उहाँको भनाइ अलि अतिरञ्जित लागेको थियो । मलाई लाग्थ्यो, फेसबुकमा कमेन्ट आउनु त सामान्य हो नि । के यसले कसैलाई डिप्रेसनमै पुर्‍याउँछ त ? त्यस्ता कमेन्टहरूलाई बेवास्ता गर्न सकिँदैन ?

तर, आजकाल म आफैँ भुक्तभोगी बनेकी छु । जहिलेबाट म शोषणमा परेकी नाबालिग गायिकाको कानुनी लडाइँमा जोडिएँ, सामाजिक सञ्जालमा अनेक खालका दुत्कार सहनु परेको छ । म नकारात्मक टीका–टिप्पणीको वास्ता नगरी आफ्नो बाटोमा अडिग भएर हिँड्ने प्रवृत्तिको व्यक्ति हुँ । तर, सीमाभन्दा बाहिर गएर तल्लो स्तरका शब्द प्रयोग गर्दै चरित्र हत्या गर्दा त्यसले पक्कै पनि विचलित तुल्याउँदो रहेछ । पछिल्लो केही दिनमा नै सयौँ अकाउन्ट ब्लक गरिसकेँ । तर, पनि नयाँ नयाँ अकाउन्टबाट विभिन्न लाञ्छनायुक्त प्रतिक्रिया आइरहेको छ । मलाई यस्ता कमेन्टविरुद्ध साइबर ब्युरोमा उजुरी गर्न सुझाव नआएको पनि होइन । तर, कतिलाई गरिसाध्य भनेर मौन बसेकी छु । यसको अर्थ सधैँ चुप बस्छु भन्ने पनि होइन ।

अहिलेको दुनियाँ नै सामाजिक सञ्जालमय छ । यस्तो भइसक्यो कि मानिसहरू सामाजिक सञ्जालबिना बाँच्नै सक्दैनन् । यसका धेरै फाइदा पनि छन् । मनमा लागेको कुरा अभिव्यक्त गर्न सकिने माध्यम बनेको छ, सामाजिक सञ्जाल । कसैको पिर व्यथा बाहिर ल्याउन कुनै सञ्चारमाध्यमको दैलो चहारिरहनु पर्ने अवस्था पनि छैन । हातमा मोबाइल बोकेका प्रत्येक व्यक्ति एउटा सञ्चारमाध्यम सरह भएका छन् । सूचनादेखि मनोरञ्जनसम्म सामाजिक सञ्जालको बहुउपयोगिता छ ।

उत्पीडन गर्ने पुरुषलाई महान् भन्ने, भगवान् भन्ने अनि उत्पीडित बालिकाको चरित्रहत्या गर्दै अनेक लाञ्छना लगाउने प्रवृत्तिले हाम्रो समाजको पितृसत्तात्मक सोचलाई फेरि एकपटक नराम्ररी उजागर गरेको छ । समाज जति शिक्षित र आधुनिक बन्दै गए पनि हाम्रो सोच भने बदलिन सकेको रहेनछ भन्ने यो एउटा दृष्टान्त हो ।

यति धेरै फाइदा हुँदाहुँदै पनि नेपालमा भने सामाजिक सञ्जाल पछिल्लो समय धारिलो हतियारजस्तो बन्न पुगेको छ, खास गरी महिलाहरूका निम्ति । महिलाका तस्बिरमा अश्लील कमेन्ट गरेर आफ्नो यौनकुण्ठा तृप्त गर्न चाहने पुरुषहरूको कमी छैन । पहिले यस्ता शब्द शौचालयभित्र खरीले लेखिन्थे, अहिले किबोर्ड चलाएर सामाजिक सञ्जालमा लेख्न थालिएका छन् ।

केही दिनअघि एक नायिकाले समुद्री तटमा बिकिनी लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्नुभयो । समुद्रमा बिकिनी लगाएर तस्बिर खिच्नु कुनै नौलो र आश्चर्यजनक कुरा थिएन । अनि उहाँले आफ्नो व्यक्तिगत खातामा ती तस्बिरहरू पोष्ट गर्दा कसैको टाउको दुखिरहनुपर्ने कारण पनि थिएन । तर, यति धेरै नकारात्मक टिप्पणी आए कि त्यसको सामना गर्न नसकेर उहाँले आफ्नो पोष्ट हटाउन बाध्य हुनुपर्‍यो । यस्ता उदाहरण कति छन् कति ।

पछिल्लो समयमा युवाहरूले अत्यधिक प्रयोग गर्ने गरेको सामाजिक सञ्जाल एप हो टिकटक । म पनि यसको नियमित प्रयोगकर्ता हुँ । तर, यो एपको पनि नेपालमा खतरनाक ढंगले दुरुपयोग हुन थालेको छ । यसमा आउने धेरैजसो प्रतिक्रिया नकारात्मक नै हुन्छन् । पछिल्लो समय नाबालिग गायिकाको प्रकरणमा पनि टिकटकका कमेन्टहरू हेर्न नसकिने खालका छन् । उत्पीडन गर्ने पुरुषलाई महान् भन्ने, भगवान् भन्ने अनि उत्पीडित बालिकाको चरित्रहत्या गर्दै अनेक लाञ्छना लगाउने प्रवृत्तिले हाम्रो समाजको पितृसत्तात्मक सोचलाई फेरि एकपटक नराम्ररी उजागर गरेको छ । समाज जति शिक्षित र आधुनिक बन्दै गए पनि हाम्रो सोच भने बदलिन सकेको रहेनछ भन्ने यो एउटा दृष्टान्त हो ।

नेपालमा सामाजिक सञ्जाललाई नियमन गर्ने कुनै संयन्त्र छैन, कुनै कानुन छैन । कानुन बनाउने प्रयास हुँदा पनि यसलाई अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर विरोध गरिन्छ । हो, प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता अपरिहार्य चिज हो । तर, यसको पनि सीमा हुनुपर्ने रहेछ भन्ने सबैले महसुस गरेका छन् । अभिव्यक्ति स्वतन्त्रताका नाममा अरूको निजी जीवनमा नै ठेस पुग्ने र मानसिक आघात पर्ने किसिमका टीका–टिप्पणी गर्ने छुट दिइनु हुँदैन । सामाजिक सञ्जाललाई नियमन गर्ने कडा कानुन अत्यावश्यक भइसकेको छ । साइबर क्राइमले मात्रै पर्याप्त छैन ।

अहिले सामाजिक सञ्जालमार्फत् महिलामाथि हुने जस्तोसुकै अपराध पनि प्रहरीमा उजुरी बोकेर नगएसम्म कानुनी दायरामा आउँदैन । जबकि यसरी उजुरी लिएर जाँदा बदनामी पनि उल्टै महिलाले नै खेप्नुपर्ने अवस्था छ । यसैले पीडा सहेर पनि यसलाई बाहिर नल्याउन महिलाहरू विवश छन् । यसर्थ न्यायपूर्ण समाजको निर्माण गर्ने हो भने सामाजिक सञ्जालबाट महिलाहरूलाई सुरक्षित राख्ने कुरालाई सरकारले प्राथमिकता दिनैपर्ने भएको छ । महिलाले आफ्नो एउटा सामान्य तस्बिर पोष्ट गर्न पनि १० चोटि सोच्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ ।

महिलाको सम्बन्धित मुद्दामा महिलाहरू नै असंवेदनशील हुनु अझ दुःखको विषय हो । नाबालिग गायिकाको केसमा धेरैजसो नकारात्मक टिप्पणी महिलाहरूले नै बेसी गरेको देखिन्छ । कतिपय बौद्धिक छविका र चिरपरिचित अभियन्ता महिलाहरूले नै पीडकको समर्थनमा लेखेको, बोलेको देखियो ।

लैंगिक जागरणको दृष्टिले समाजमा धेरै बदलाव आइसकेको बताउने गरिन्छ, यसमा आंशिक सत्यता छ । छोरा र छोरीबीच हुने विभेद कम भएको पक्कै हो । राष्ट्रका विभिन्न क्षेत्रमा महिलाको सहभागिता बढेको पनि छ । तर, यसको अर्थ महिलाका सबै मुद्दा समाधान भइसके भन्ने होइन । महिलाका केही विषय समाधान उन्मुख छन् तर कतिपय विषय झनै ज्वलन्त बनेका छन् । सबैभन्दा मुख्य समस्या भनेको महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआउनु नै हो ।

हालै गायक प्रकाश सपुतले ल्याएको गीत ‘पिर’ निकै चर्चामा आयो । उक्त गीतको भिडियोमा देखाइएको एउटा दृश्यमाथि निकै विवाद भएपछि गायक सपुतले भिडियो सम्पादन गर्नुभएको छ । विवादित दृश्यमा माओवादी जनयुद्ध लडेको एउटा पुरुष आफ्नो श्रीमती बाध्यतावश कामको खोजीमा विदेश गएपछि आफ्नो यौन चाहना तृप्त गर्न एक यौनकर्मी महिलाकहाँ गएको देखाइन्छ । संयोगले ती यौनकर्मी महिला पनि जनयुद्ध लडेकी पूर्वपरिचित लडाकु नै हुन्छिन् ।

यो दृश्यमा माओवादी पार्टीका कार्यकर्ताहरूले विरोध जनाए । उनीहरूको भनाइ छ कि जनयुद्ध लडेको पूर्व लडाकु महिलालाई यौनकर्मीका रूपमा प्रस्तुत गर्दा जनयुद्ध लडेका सबै महिलाहरूको अपमान भयो । नेपालमा बाध्यतावश यौनकर्ममा लागेका महिलालाई हेर्ने अत्यन्तै घृणित सोचको त यसले उजागर गरेको छ नै । तर, त्योभन्दा पनि पुरुषवादी चिन्तनको उजागर भएको छ ।

उक्त भिडियोमा पुरुष पात्र श्रीमती विदेश गएको ३ महिना नबित्दै ‘पिर बिसाउन’ भन्दै यौनकर्मीको शरणमा गएको देखाइएको छ । यो दृश्यमा भने माओवादी साथीहरूको किन चासो भएन ? के पुरुषले श्रीमती विदेश जानासाथ यौन इच्छा पूर्ति गर्न यौनकर्मीकहाँ धाउनु सामान्य र सुपाच्य हो ? यसले भने जनयुद्ध लडेका पुरुष लडाकुहरूको अपमान भएन ?

महिलाको सम्बन्धित मुद्दामा महिलाहरू नै असंवेदनशील हुनु अझ दुःखको विषय हो । नाबालिग गायिकाको केसमा धेरैजसो नकारात्मक टिप्पणी महिलाहरूले नै बेसी गरेको देखिन्छ । कतिपय बौद्धिक छविका र चिरपरिचित अभियन्ता महिलाहरूले नै पीडकको समर्थनमा लेखेको, बोलेको देखियो । उहाँहरूलाई मेरो प्रश्न छ, एक वयस्क पुरुषबाट शोषणमा परेकी नाबालिकाको पक्षमा वकालत गर्न सक्नु हुन्न भने तपाईंहरूले बोकेको आदर्श र महिलावादी चिन्तन के ढोङ मात्रै हो ?

पछिल्लो समय अभियन्ता बन्दना राणाले एक ट्वीटमा गरेको टिप्पणी महिलाभित्रको पुरूषत्वको खोजी हो । उस्तै गरी सञ्चारकर्मी वविता बस्नेतले लेख्नु भएको एक लेखको अन्तर्य विद्यमान कानुनी व्यवस्थाको परिवर्तन हुनुपर्छ भन्ने छ, यो भनेको समाजको मनस्थिति परिवर्तनको सङ्केत हो ।

समाज यस्तो हुनुपर्छ, जहाँ महिला र पुरुष बराबरी आत्मसम्मानका साथ बाँच्न सकुन् । एउटी महिलाको कसैसँग नाम जोडिनासाथ सामाजिक सञ्जालमा महिलालाई ‘रण्डी’ लेख्नु सामान्य जस्तो भइसकेको छ । तर, पुरुषको जति जनासँग सम्बन्ध भए पनि उसलाई कसैले ‘रण्डो’ लेखेको त कतै देखिँदैन । बरु उल्टै महान् भनेर आरती उतार्ने काम भइरहेको छ । यसर्थ मेरो सबैमा अनुरोध छ, सर्वप्रथम महिलालाई हेर्ने दृष्टिकोण बदलौँ । त्यसपछि समाज आफैँ बदलिन्छ ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑