
१४ चैत, काठमाडौं । एक साताअघि स्टेट काउन्सिलरसमेत रहेका चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने तय भएसँगै आंकलन गरिएको थियो कि चीनले भर्खरै संसदबाट पारित भएको अमेरिकी परियोजना एमसीसीका विषयमा आफूले ‘नोट गरेको’ धारणा राख्ने छ र आफ्नै परियोजना बीआरआई अघि बढाउन जोड दिनेछ । तर, आइतबार तीन दिने भ्रमण सम्पन्न गरेर विदेशमन्त्री वाङ स्वदेश फर्किंदै गर्दा यी दुईवटै विषयमा कुनै ठोस् प्रगति त भएन नै दुई पक्षबीच औपचारिक छलफलसमेत भएन । बरु विदेशमन्त्री वाङ यीले ‘नेपालको सार्वभौमिकता र स्वाधीनता’प्रति चासो देखाउँदै आफ्नो पुरानै कूटनीतिक शैलीमा नेपाल र नेपालप्रति चासो राख्ने विदेशीलाई अप्रत्यक्ष धम्की दिएर गए ।

चीनले विदेशमन्त्रीको भ्रमणका क्रममा आफूले सचेत गराउन खोजेको सन्देश स्पष्ट रूपमा दिन सफल भएको बताउँछन् परराष्ट्र मामलाका जानकार प्राध्यापक डा. पुष्पराज अधिकारी । ‘चिनियाँहरू जे कुरामा सचेत गराउन आएका हुन् त्यो भनेर गए । ग्लोबल टाइम्समा आएको विषय नै उनीहरूले यहाँ राखेका हुन्’ प्राध्यापक अधिरकारी भन्छन्, ‘यो एक किसिमको खुलारुपमा नेपाललाई सचेत बनाएको विषय हो । नेपाललाई मात्रै हैन विदेशीलाई पनि नेपालका मामिलामा धेरै हस्तक्षेप नगरेको राम्रो भन्ने चीनको सन्देश हो ।’ यसबाट चीनले नेपालप्रति आफ्नो दृष्टिकोण थप स्पष्ट पारेको अधिकारीको बुझाइ छ ।
परराष्ट्रमन्त्री याङले नेपाली समकक्षी नारायण खड्कासँगको औपचारिक भेटका क्रममा शनिबार ‘नेपालमाथि अरूले गरेको हस्तक्षेप सह्य नहुने’ भनेर सचेत गराएका थिए । सोही धारणा अन्य नेताहरूसँगसमेत उनले राखेका थिए । यद्यपि, नेपाल र चीन दुवै पक्षले यस विषयलाई औपचारिक रूपमा सार्वजनिक स्टेटमेन्टमा कतै उल्लेख गरेनन् । तर, चिनियाँ सरकारी समाचार संस्थाहरूले भने विदेशमन्त्री वाङ यीलाई नै उद्धृत गरेर यस विषयलाई उल्लेख गरे ।
‘नेपालको विषयमा यहाँका जनताले नै निर्णय गर्नुपर्छ भन्ने चीनको विश्वास हो । यदि कसैले नेपालको सार्वभौतसत्ता र स्वाधिनतामा आँच पुर्याउने, यहाँको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र मुलुकलाई भूराजनीतिक खेलमा धकेल्ने कोसिस गर्यो भने चीनले त्यसको विरोध गर्छ,’ चिनियाँ सरकारी समाचार संस्था ग्लोबल टाइम्स र सिन्हुआले विदेशमन्त्री वाङले समकक्षी खड्कासँग राखेको धारणा भन्दै उल्लेख गरेका छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर