
चैत्र,१३- महोत्तरीबाट प्रहरीले श्रोत नखुलेको ५५ लाख रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको औराही नगरपालिका १ स्थित बर्दिबास जलेश्वर सडक खण्डबाट प्रहरीले सोही नगरपालिका वडा नम्बर २ बस्ने २१ वर्षीय धीरजकुमार यादवलाई श्रोत नखुलेको ५५ लाख रुपैयाँसहित पक्राउ गरेको हो । यादवसहित सोही ठाउँ बस्ने १८ वर्षीय रमेशकुमार सहनीलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले बताए ।
उनीहरुको साथबाट ज ९ प ८२४७ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको पंगेनीले बताए । बरामद रकम र मोटरसाइकलसहित पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जलेश्वर पठाइएको पंगेनीले जानकारी दिए ।

यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर