• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तर्राष्ट्रिय

एक बलिउड नायिकाको परी कथा जस्तो जिन्दगीको दुःखद अन्त्य

खप्तड मालिका न्युज March 27, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

  चैत्र, १३-   बलिउडको क्लासिक लभ स्टोरी हिरा रांझामा हिरा बनेकी प्रिया राजवंशको जिन्दगी कुनै पनि परी कथा भन्दा कम थिएन । शिमलाको सुन्दर उपत्यकामा जन्मिएकी प्रिया, पढाइका लागि अचानक लन्डन पुगिन् । त्यहाँ एक फोटोग्राफरले उनको तस्बिर खिचे जसले बलिउडमा हलचल नै मच्चाइदियो र त्यो एउटा तस्बिरले उनलाई विद्यार्थीबाट अभिनेत्री बनायो । खासै ठूलो संघर्ष नगरीकन उनी फिल्मको अभिनेत्री बनिन् । तर ७ वटा फिल्मपछि उनको करियरमा बिराम लाग्यो ।

फिल्मबाट अलग भएपछि प्रिया फिल्म निर्माता–निर्देशक चेतन आनन्दसँग सँगै बस्न थालिन् । दुबैमा अत्यन्त माया बस्यो । तर विवाह भने गरेका थिएनन् । तर पनि चेतनले आफ्नो विरासतमा प्रियालाई नै हिस्सेदारी बनाएका थिए । सन् २००० को मार्च २७ मा प्रिया आफ्नै घरमा मृत फेला परिन् । उनको हत्याप्रति व्यापक विवाद भयो । गिरफ्तारी पनि भयो तर हत्या कसले ग¥यो भन्ने विषय आजसम्म पनि साबित हुन सकेको छैन ।

शिमलाको सुन्दर ठाउँदेखि लन्डनको ड्रामा स्कुलसम्म

कहानी सुरु हुन्छ ३० डिसेम्बर सन् १९३६ देखि । शिमलाका एक सरकारी अधिकारी सुन्दर सिंहको घरमा छोरी जन्मिन्छिन् । उनको नाम राखियो विरा सुन्दर सिंह । विरा पढ्नमा तेज थिइन् र सुन्दर पनि थिइन् । शिमलामै स्नातकसम्म पढिन् । त्यतीबेलासम्म कुनै पनि किसिमबाट उनको बलिउडसँग नाता थिएन । तर अभिनयमा रुची राख्थिन् । समयले कोल्टे फे¥यो र उनको पिता सुन्दर सिंहलाई सरकारले कुनै प्रोजेक्टका लागि लन्डन पठायो । शिमलामा हुर्के बढेकी विरा परिवारसँगै लन्डन गइन् ।

लन्डनमा उनी रोयल एकेडेमी अफ ड्रामाटिक आर्टमा भर्ना भइन् । यहाँबाट उनको अभिनयको यात्रा सुरु भयो ।

लन्डनमा समय राम्रोसँग चलिरहेको थियो । यतिमात्र होइन प्रियाको पढाइ र मोडलिङ पनि राम्रै चलिरहेको थियो । कयौँ निर्देशक र निर्माताबीच उनको सुन्दरताको चर्चा हुन थाल्यो । यी को हुन् भनेर उनको खोजी हुन थाल्यो ।

चेतन आनन्दले फेला पारे तस्बिर, फेरियो भाग्य

विराको तस्बिर चर्चित निर्देशक चेतन आनन्दले फेला पारे । सन् १९६३ को आसपासको समय थियो । चेतन भारत–चीन युद्धमा आफ्नो फिल्म हकिकत बनाइरहेका थिए । अर्का एक निर्देशकको माध्यमबाट विरासँग उनको भेट भयो । चेतनले नै उनको नाम विराबाट प्रिया राखेको बताइन्छ ।

फिल्मका साथै माया पनि पाइन्ः

चेतन आनन्द प्रिया राजवंशभन्दा लगभग १५ वर्ष जेठा थिए । विवाहित पनि थिए । तर, पत्नीसँग खटपट चलिरहेको थियो र लगभग दुवैको सम्बन्ध छुट्ने अवस्थामा पुगेको थियो । यसैबीच चेतनको खाली दिमागमा प्रियाको सुन्दरताले स्थान पायो । यी सबैबाट अन्जान प्रियाले चेतनलाई निजी र प्रोफेसनल लाइफ दुवैको अभिन्न हिस्सा बनिसकेकी थिइन् । सम्बन्ध यत्तिको अगाडि बढिसकेको थियो, फिल्ममा अभिनयको साथै लगभग सबै काममा हस्तक्षेप हुन थालेको थियो । वास्तवमा चेतनको सबै फिल्ममा नायिका प्रिया नै हुने गर्थिन् ।

कुल ७ फिल्मसम्म मात्रै करियर

प्रिया राजवंशको फिल्मी करियर धेरै जोडतोडका साथ सुरु भएको थियो । पहिलो फिल्म हकिकत ठूलो पर्दामा हिट भएको थियो । दोस्रो फिल्म हीरा रांझामा हीराको भूमिकाले उनलाई घर–घरमा पहिचान मिल्यो ।

तर सन् १९६४ मा सुरु भएको फिल्मी करियरमा प्रियाले कुल ७ फिल्म मात्रै अभिनय गरिन् । सन् १९८४ मा आएको ‘हाथोकी लकिरे’ उनको अन्तिम फिल्म थियो । कारण थियो हाथोकि लकिरे चेतन आनन्दको अन्तिम फिल्म थियो । यसपछि उनले फिल्म बनाएनन् । सिर्फ दुर दर्शनमा टिभी सिरियल परमबीर चक्र मात्रै बनाए । चेतनले फिल्म छोडेपछि प्रियाले पनि अभिनय छोडिन् किनकी उनी अरुको फिल्ममा काम गर्न चाहन्न थिइन् ।

विवाह गरेनन्, तर सँगै बसे

प्रिया र चेतन आनन्दले विवाह गरेनन् तर यी दुई लिभिङ टुगेदरमा बसे । प्रियको चेतनको जिन्दगीमा दखलको अनुमान यसरी पनि लगाउन सकिन्छ कि उनले आफ्नो सम्पत्तिको बाँडफाँट आफ्नो जेठी श्रीमतीका छोराहरु केतन र विवेकलाई जत्तिकै प्रियाको नाममा गरेका थिए । केतन र विवेक उनीसँग यसैकारण पनि रिसाएका थिए ।

जिन्दगीको अन्तिम तीन वर्ष रह्यो दर्दनाक

प्रिया राजवंशको जिन्दगीको अन्तिम तीन वर्ष अत्यन्त पिडादायी बनेको थियो । सन् १९९७ को ६ जुलाईमा चेतन आनन्दको निधन भयो । यसपछि उनको जीवन एक्लो हुन थाल्यो । साथै, चेतनको परिवारमा दबाब पनि बढ्न थाल्यो । उनी चेतनको सम्पत्तिकी बराबरीको हिस्सेदार थिइन् । जिन्दगीको अन्तिम २–साढे २ वर्ष यत्तिकै चिन्ता र तनावमा बित्यो । यस कुराको ठोकुवा उनले केही टिप्पणीमा समेत गरेकी थिइन् ।

सन् २००० को मार्च २७ मा फेला परेको थियो प्रियाको शवः

तर एकाएक प्रियाको शव मुम्बइको बंगलामा फेला प¥यो । हत्या कसरी भयो वा कहिले भयो भन्ने विषय बाहिरिएन । प्रहरीले चेतन आनन्दको छोरा केतन र विवेकलाई दुई सहयोगीहरु माला र अशोकलाई हत्याको आरोपमा हिरासतमा लिइयो । प्रियाले लेखेको नोट र चेतन आनन्दको उत्तराधिकारीलाई यसको आधार बनाइयो । तल्लो अदालतले चारैजनालाई सजाय सुनायो तर सन् २०२० को नोभेम्बरमा उनीहरुले जमानत पाए । अपिल, जाँच र रहस्य आजसम्म पनि जारी छ तर प्रियाको हत्या कसरी भयो भन्ने विषयमा कसैलाई थाहा छैन । यस किसिमले प्रिया राजवंशको जिन्दगी एक परी कथाबाट हत्याको नसुल्झिएको गुत्थी बनेर रह्यो ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑