
चैत्र, १३- पछिल्लो समय कलाकार आफ्नो जन्मदिन भोज भतेर गरेर भन्दा पनि समाजसेवा गर्दै अनाथ बालबालिकासँग मनाउन थालेका छन् । यस्तैमा चर्चित लोक गायिका भुमिका गिरीले पनि आफ्नो जन्मदिन अनाथ बालबालिकासँग बनाएकी हुन् । गिरीले शनिबार परेको आफ्नो जन्मदिन काठमाडौंंको मुलपानीमा रहेको स्नेहा आश्रम पुगेर अनाथ बालबालिकालाई खाद्यान्न, लत्ताकपडा र कापी कलम बाँड्दै मनाएकी हुन् ।

पछिल्लो ५ वर्षयता आफ्नो जन्मदिन यसैगरि मनाउने गरेकी गायिका स्नेहा आश्रम पुग्दा त्यहाँका बालबालिकाले खुसी देखिन्थे । गिरीको पछिल्लो समय लोक गीत ‘चोली मैलो भो’ चर्चामा छ । यस अगाडि उनका ‘तारा सङै जुन’ लगायतका थुप्रै गीतहरुले चर्चा पाएका थिए ।
अनावश्यक खर्च गर्ने रकमले बुबाआमा र आफन्त गुमाएका अनाथ बालबालिकालाई थोरै भए पनी राहत मिलोस् भन्ने भावनाले सहयोग गरेको गायिका गिरीले बताइन् ।स्नेहा आश्रम कलाकार सुलेमान शंकर ‘इकु’ले संचालनमा ल्याएका हुन् । जसमा १४ जना अनाथ बालबालिका रहेका छन् ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर