• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

घोराही उपमहानगर : ठूला दलका पुरानै अनुहारको चर्चा

खप्तड मालिका न्युज March 27, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,१३-   आसन्न स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरपालिका यसपटक पनि गत स्थानीय तहको निर्वाचनकै प्रतिस्पर्धीहरु मैदानमा उत्रिने भएका छन् । दलहरुले उम्मेदवारको टुंगो लगाइ नसके पनि जिल्लामा पुरानै तीन प्रतिस्पर्धी नेताहरुले आन्तरिकरुपमा चुनावी प्रचार शुरु गरिसकेका छन् । गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका नेता नरुलाल चौधरीले २२ हजार ३० मत प्राप्त गरेर मेयरमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता भुपबहादुर डाँगीले १७ हजार ४ सय ८४ मत प्राप्त गरेका थिए । नेकपा माओवादी केन्द्रमा नेता जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए ।

यसपटक घोराहीमा नेकपा एमाले आफ्नो विरासत जोगाउने कसरतमा लागेको छ भने कांग्रेस र माओवादी एमालेको गढ भत्काउने योजनामा छन् । नेकपा एमालेबाट निर्वाचित मेयर नरुलाल चौधरीले टिकटको अन्तिम टुंगो पार्टीले लगाउने भए पनि दोहोरिने आफ्नो इच्छा भएको बताए । ‘व्यक्तिको इच्छा भन्दा पनि पार्टीको निर्णय प्रधान हुन्छ, मैले मेयर भएर जनताको पक्षमा धेरै काम गरेको छु, फेरी थप एक कार्यकाल जनताको सेवामा लाग्न चाहन्छु,’ उनले भने ।

पार्टी विभाजन भएकाले यसपटक एमाले उम्मेदवार छनोटमा त्यति धेरै विवाद गर्ने पक्षमा छैन । आगामी संघीय निर्वाचनमा पार्टी महासचिव शंकर पोखरेल घोराही उपमहानगरपालिका रहेको दाङ निर्वाचन क्षेत्र नं २ बाट उठ्ने तयारी गरेकाले आफ्नो विश्वास पात्र चौधरीलाई मेयरको तयारी गर्न बचन दिइसकेको एमाले वृत्तमा चर्चा चलेको छ ।

एमाले घोराही उपमहानगरपालिका इञ्चार्ज गेहेन्द्र बस्नेतले पार्टी भित्र उम्मेदवारीको विषयमा कुनै विवाद नभएको बताउँछन् । ‘हामीले देशव्यापी रुपमा राम्रो काम गर्ने उम्मेदवारलाई दोहो¥याउने योजनामा छौं,’ उनले भने, ‘घोराहीमा आन्तरिक रुपमा हामीबीच बुझाई भइसकेको छ, त्यस अनुरुप साथीहरु प्रचारमा जुटिसक्नु भएको छ ।’

एमालेमा नेताहरु राममणि पाण्डे र भरत अर्यालको पनि मेयरमा आकांक्षा रहे पनि उनीहरुको दाबी त्यति शसक्त हुन सकेको छैन । नेपाली कांग्रेसका नेता भुपबहादुर डाँगीले एक वर्ष अघि नै पत्रकार सम्मेलन गरेर आफू मेयरको तयारीमा लागेको घोषणा गरेका थिए । ‘अघिल्लो पटक पार्टी भित्रको अन्तर्घातले मैले चुनाव जित्न सकिन, यस पटक पार्टी भित्र कुनै समस्या छैन,’ उनले भने, ‘यस पटक नेपाली कांग्रेसले घोराहीमा विजय प्राप्त गर्ने गरी चुनावमा होमिएको छ ।’ डाँगी समूहले अघिल्लो पटकको निर्वाचनमा आफूहरुलाई नेता कमल किशोर घिमिरे समूहले अन्तर्घात गरेको आरोप लगाउने गरेको थियो । अघिल्लो पटक कांग्रेसबाट मेयरमा घिमिरेले पनि आकांक्षा गरेका थिए ।

यसपटक पार्टीले अघिल्लो पटकका प्रतिस्पर्धी डाँगीलाई नै उम्मेदवार बनाउनु पर्ने नेता घिमिरे बताउँछन् । ‘अघिल्लो पटक हामीले अन्तर्घात गरेको भन्ने कुरा सरासर गलत हो, तर त्यतिबेला टिकट वितरणमा तत्कालिन नेता खुमबहादुर खड्काले केही साथीहरु माथि अन्याय गर्नुभएकै हो ।’

यसपटक भने कांग्रेसमा कुनै अन्तर्विरोध नभएको घिमिरेले बताए । पार्टी पंक्ति एक ढिक्का भएर कांग्रेस उम्मेदवारलाई विजयी बनाउने घिमिरेको भनाई छ । डाँगीसँगै कांग्रेसका किशोर चन्द्र गौतम र प्रकाश श्रेष्ठको पनि चर्चा छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक भएकै दिन माओवादी केन्द्रका नेता जीवन गौतमले अर्को पटकका मेयरमा उम्मेदवारी घोषणा गरेका थिए । उनी आन्तरिक रुपमा चुनावी प्रचारमा लागिसकेका छन् । ‘यसपटक पार्टीले उपर्युक्त र वैज्ञानिक निर्णय गर्ने छ भन्ने मैले विश्वास लिएको छु,’ गौतमले भने, ‘हरेक विकास निर्माणको नेतृत्व गरिरहेकाले घोराहीमा माओवादीले निर्वाचन जित्ने छ भन्ने हामीले विश्वास लिएका छौं ।’

गौतम तत्कालिन शिक्षा मन्त्री गिरिराजमणि पोखरेल शिक्षामन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार थिए । पोखरेल सल्लाहकार हुँदा दाङमा घोराही इञ्जिनियरिङ कलेज, कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय लगायत जिल्लाका दुई दर्जनभन्दा बढी सामुदायिक विद्यालयमा प्राविधिक विषय अध्यापनको अनुमति प्रदान गर्न गौतमले भूमिका खेलेको माओवादी नेताहरु बताउँछन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनामा समेत गौतमको भूमिका महत्वपूर्ण भएकाले उनले नेपाली कांग्रेस र एमाले निकट केही मतदाताले समेत मतदान गर्ने उनीहरुको दावी छ । माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठका विश्वास पात्र रहेका गौतमले यस पटक जसरी भए पनि टिकट ल्याइ छाड्ने माओवादी वृत्तमा चर्चा रहेको छ । पार्टी भित्रको अन्तरविरोध पछि अहिले श्रेष्ठ हरेक जसो कार्यक्रममा प्रचण्डसँगै देखिने गरेका छन् ।

नारायणकाजी श्रेष्ठले देशभरमा एउटा उम्मेदवार रोज्नुपरेमा आफ्नो समूहबाट नेता गौतमलाई नै रोज्ने कतिपयको दावी छ । सत्तारुढ दलहरुबीच निर्वाचनमा गठबन्धन भएमा पनि ११ ओटा उपमहानगर मध्ये घोराहीमा माओवादीको पहिलो दावी हुने माओवादी नेताहरु बताउँछन् ।

माओवादीबाट नेता हेमराज शर्मा पनि मेयरमा आकांक्षी रहेको माओवादी स्रोत बताउँछ । माओवादी विभाजन हुँदा मोहन वैद्य किरणको साथ लागेका शर्मा पछि नेता बादलसँगै माओवादीमा फर्केका थिए । माओवादीमा फर्किए पछि उनी नेता कृष्णबहादुर महरा निकट मानिन्छन् । महरा भन्दा नारायणकाजी श्रेष्ठले प्रचण्डलाई दबाव दिन सक्ने भएकाले शर्मा भन्दा गौतमले टिकट पाउने सम्भावना धेरै रहेको माओवादी स्रोत बताउँछ ।

उम्मेदवारीका विषयमा रातोपाटीले प्रतिकृया लिन खोज्दा शर्माले प्रतिकृया दिन मानेनन् । माओवादी नेता निर्मल आचार्यले पार्टी भित्र आन्तरिक छलफल गरेर सहमतिमा सबैलाई चित्त बुझ्ने गरी टिकट बितरण गरिने बताए ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑