
चैत्र,१३- दक्षिण भारतको फिल्म क्षेत्रका सुपरस्टार जुनियर एनटीआर पछिल्लो समयमा नयाँ फिल्म आरआरआरका कारण चर्चामा छन् । ग्रेट नन्दामुरी परिवारका उनका प्रशंसक र दर्शकको संख्या धेरै ठूलो छ । अभिनेता सँगसँगै एनटीआर मायालु श्रीमान् पनि हुन् । उनका व्यक्तिगत जीवन पनि निकै सुन्दर छ ।

जुनियर एनटीआर र लक्ष्मी प्रणीतिको विवाह सन् २०११ को मे ५ मा भएको थियो । उनीहरुको विवाह मागी विवाह हो । उनीहरुको विवाहमा १ सय करोड भारतीय रुपियाँ खर्च भएको थियो । उनीहरुको मण्डप सजाउनका लागि मात्रै १८ करोड खर्च भएको थियो । उनको विवाहमा ३ हजार पाहुना र १२ हजार फ्यानहरु सामेल भएका थिए । उनको विवाह साउथको रिजनल च्यानलमा प्रशारण गरिएको थियो ।
सन् २०१० मा एक वकिलले बालविवाह गरेको केसमा उजूरी दर्ता गराएका थिए । वकिलले एनटीआरले बालिकासँग विवाह गर्न लागेको आरोप लगाएका थिए । जसको कारण एनटीआरले एक वर्ष कुरेर लक्ष्मी १८ वर्ष भएपछि विवाह गरेका थिए ।
उनले आफ्नी श्रीमतीको बारेमा एक अन्तरवार्तामा भनेका थिए, ‘म आज जे हुँ त्यो सबै उनको देन हो । उनीजस्तो विशेष महिलासँग विवाह गरेकोमा आफूलाई विशेष ठान्छुँ । उनले मेरो लागि धेरै गरिन् । मेरी आमापछि उनी मेरो घरकी एंकर हुन् । मलाई घरमा एकदमै विशेष महसुस हुन्छ ।’ उनका दुई छोराहरु छन् ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर