
चैत्र,१३- स्थानीय तह निर्वाचनका लागि लमजुङमा १२ राजनीतिक दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार ५ प्रमुख दलबाहेक १२ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् ।

आयोगले तोकेको समयमा जिल्लामा रहेका १२ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन् । राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले १२ दलले चिह्नका लागि विवरण बुझाएका हुन् । उनीहरूको विवरण निर्वाचन आयोगमा पठाइएको छ ।
जिल्लामा मंगोल नेशनल अर्गनाइजेशन,सामाजिक एकता पार्टी, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल परिवार दल, राप्रपा नेपाल, विवेकशील साझा पार्टी, उन्नत लोकतान्त्रिक पार्टी, नेकपा (समाजवादी), राष्ट्रिय नागरिक पार्टी, आमुल परिवर्तन मसिहा पार्टी नेपाल दर्ता भएका हुन् ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर