• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

स्थानीय तह निर्वाचन : गुल्मीमा कसले मार्ला बाजी ?

खप्तड मालिका न्युज March 27, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गुल्मी – अघिल्लो निर्वाचनमा गुल्मी नेकपा एमालेको गढका रुपमा देखिएको थियो तर आगामी निर्वाचनमा भने एमालेलाई आफ्नो त्यो वर्चश्व जोगाउन त्यति सहज देखिएको छैन । किनकि यसबीचमा नेकपा एमाले विभाजन भइसकेको छ भने नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसहितका दलबीच चुनावी तालमेलका लागि पहल भइरहेको छ ।

२०७४ सालको निर्वाचनमा गुल्मीका १२ वटा पालिकामध्ये एमालेले ७ वटामा प्रमुख पद र १० वटामा उपप्रमुख पदमा जित हासिल गरेको थियो । तर हाल एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको र सो पार्टीकी नेतृ एवं संघीय मन्त्री रामकुमारी झाँक्रीको गृह जिल्लासमेत भएका कारण गुल्मीमा एमाले विभाजनको असर आगामी निर्वाचनमा नराम्रोसँग देखा पर्ने आँकलन गरिएको छ ।

त्यसमा पनि सत्तारुढ दलहरुबीच चुनावी तालमेल भएको खण्डमा एमालेले नराम्रो हार व्यहोर्न सक्ने देखिन्छ । तर केही पालिका यस्ता छन्, जसमा एमाले एक्लै पनि गठबन्धनका लागि भारी साबित हुन सक्छ ।

यी पालिकामा बलियो देखिन्छ एमाले

एमाले एक्लै लडे पनि प्रमुख पदमा गठबन्धनलाई टक्कर दिन सक्ने स्थानीय तहमा मदाने, इस्मा, छत्रकोट र रुरुक्षेत्र गाउँपालिका हुन् । अघिल्लो निर्वाचनमा यीमध्ये कुनै पालिकामा काँग्रेस–माओवादी गठबन्धनका बाबजुद पनि एमालेले जित हासिल गरेको थियो ।

अघिल्लो निर्वाचनमा मदानेमा एमालेका दानबहादुर केसीले ४ हजार ४२३ मत प्राप्त गरी जित हासिल गरेका थिए भने उनका निकटनम प्रतिस्पर्धी नेपाली काँग्रेसका महेन्द्र कुँवरले २ हजार २६६ मत ल्याएका थिए । यस्तै, माओवादी केन्द्रका बेगमबहादुर चन्दले ७२५ मत हासिल गरेका थिए । यो पालिकामा एमालेका उम्मेदवार केसी २२६६ मतान्तरले विजयी भएका कारण पनि यहाँ गठबन्धन भएमा पनि एमाले नै भारी देखिने आँकलन गरिएको हो । यद्यपि, एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीमा लागेकी सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको जन्मस्थान समेत रहेको यो पालिकामा एमालेको जनमतमा अहिले केही ह्रास आएको बताइन्छ ।

त्यस्तै इस्मा गाउँपालिकामा एमालेका लक्ष्मण बिष्टले ५ हजार ५५ मतका साथ जित हासिल गरेका थिए । यहाँ काँग्रेसका चन्द्रबहादुर महतले ४ हजार मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका उम्मेदवार दुर्गाचन्द्र बोहराले ५६९ मत पाएका थिए ।

रुरुक्षेत्र गाउँपालिकामा अघिल्लो निर्वाचनमा काँग्रेस र माओवादीबीच तालमेल हुँदा पनि एमालेले जित हासिल गरेको थियो । एमालेबाट निलकण्ठ गौतमले ५ हजार २२२ मतका साथ जित हासिल गर्दा काँग्रेस–माओवादी गठबन्धनका उम्मेदवार यदु ज्ञवालीले ३ हजार ७६३ मतमात्र हासिल गरेका थिए ।

त्यस्तै छत्रकोट गाउँपालिकामा पनि अघिल्लो निर्वाचनमा काँग्रेस र माओवादीबीच गठबन्धन हुँदा पनि एमालेले प्रमुख र उपप्रमुख दुबै पद जितेको थियो । प्रमुख पदमा काँग्रेसका उम्मेदवार अनन्त पौड्यालले ५ हजार १५४ मत ल्याउँदा एमालेका उम्मेदवार मधुकृष्ण पन्तले ५ हजार ५५१ मत ल्याएर जित हासिल गरेका थिए ।

यी पालिकामा एमालेलाई चुनौती

अघिल्लो चुनावको मत परिणामलाई आधार मानेर हेर्ने हो भने रेसुङ्गा र मुसिकोट नगरपालिका तथा गुल्मीदरबार गाउँपालिका, सत्यवती गाउँपालिका, चन्द्रकोट गाउँपालिका, कालीगण्डकी गाउँपालिका, धुर्कोट गाउँपालिका र मालिका गाउँपालिकामा एमाले कमजोर हुन सक्ने देखिन्छ ।

सत्यवती र कालीगण्डकी गाउँपालिकामा अघिल्लो निर्वाचनमा एमाले र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको थियो । अर्कोतिर काँग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।

यी दुई गठबन्धनमध्ये सत्यवतीमा एमालेले उपाध्यक्ष पदन जितेको थियो भने काँग्रेस–माओवादी गठबन्धनबाट काँग्रेसका पारिश्वर ढकालले पालिका अध्यक्ष पदमा जित हासिल गरेका थिए । पालिका अध्यक्ष पदमा एमाले उम्मेदवार अमरसिंह सिंजापति जम्मा ४४ मतान्तान्तरले पराजित भएका थिए ।

ढकालले ५ हजार १९७ मत प्राप्त गर्दा सिंजापतिले ५ हजार १५३ मत प्राप्त गरेका थिए । अहिलेको अवस्थामा एमाले विभाजन भइसकेका कारण यो पालिकामा सबै दल एक्लाएक्लै चुनाव लडेको अवस्थामा पनि एमालेलाई विभाजनको असरले जित हासिल गर्न कठिन हुने आँकलन गरिएको छ ।

यस्तै, कालीगण्डकी गाउँपालिकामा पनि यी दुई गठबन्धन बीच चुनावी प्रतिस्पर्धा हुँदा एमाले उम्मेदवार टिकाराम ढाकाललाई ५१९ मतान्तरले पराजित गर्दै काँग्रेसका बेद थापा मगरले पालिका प्रमुख पद जितेका थिए । थापाले ४ हजार २८९ मत प्राप्त गरेका थिए भने ढकालले ३ हजार ७७० मत र राप्रपाले ४१ मत प्राप्त गरेको थियो ।

धुर्कोट गाउँपालिकामा पनि काँग्रेस–माओवादी र एमाले–जनमोर्चा गठबन्धनबीच अघिल्लो निर्वाचनमा प्रतिस्पर्धा भएको थियो । त्यहाँ माओवादीका भुपाल पोखरेलले एमालेका कृष्ण घिमिरलाई ३६३ मतान्तरले पराजित गर्दै पालिका प्रमुख पद जितेका थिए भने काँग्रेसका शिवहादुर केसी उपप्रमुखमा विजयी भएका थिए । पोखरेलले ५ हजार ११६ मत प्राप्त गर्दा घिमिरेले ४ हजार ७५३ मत प्राप्त गरेका थिए ।

चन्द्रकोट गाउँपालिकामा काँग्रेसका द्रोणबहादुर खत्री ३ हजार ३४० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका मिनलाल श्रेष्ठले ३ हजार ६२ मत ल्याएका थिए । यहाँ माओवादी केन्द्रका युवराज केसीले २ हजार २३८ मत हासिल गरेका थिए ।

त्यस्तै मालिका गाउँपालिकामा एमालेका रितबहादुर थापाले ४ हजार ४२ मत प्राप्त गरी जित हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका ज्ञानबहादुर कार्कीले ३ हजार ४४७ मत प्राप्त गरेका थिए । माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार देवीराम अर्यालले २ हजार ४० मत प्राप्त गरेका थिए । यहाँ एमाले विभाजनको असर कत्तिको पर्छ भन्ने विषयले एमालेको जित वा हारलाई निर्धारण गर्ने देखिन्छ । अर्कोतिर सत्तारुढ गठबन्धनबीच तालमेल भएको खण्डमा यो पालिकामा एमाले कमजोर हुन सक्ने देखिन्छ ।

अघिल्लो निर्वाचनमा जिल्लाका दुई नगरपालिका रेसुङ्गा र मुसिकोटमा तीन प्रमुख दल एक्लाएक्लै लडेका थिए । एमालेबाट मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले नेपाली काँग्रेसका कृष्णहरि सापकोटालाई एक हजार ८१ मतले पराजित गरेका थिए । सोमनाथले ६ हजार ६६८ मत प्राप्त गर्दा कृष्णहरिले ५ हजार ५८७ प्राप्त गरेका थिए । माओवादी केन्द्रका उम्मेदबार खुमबहादुर थापाले ७१३ मत ल्याएका थिए ।

तर अहिले त्यहाँका प्रभावशाली युवा नेता श्रीराम महत सहितका सयौं एमाले कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । यसले गर्दा आसन्न निर्वाचनमा यो पालिकामा एमालेलाई ठुलो धक्का लाग्न सक्ने देखिन्छ ।

त्यस्तै रेसुुङ्गा नगरपालिकामा अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार भुवन प्रसाद श्रेष्ठलाई एमालेका डिल्लीराज भुसालले जम्मा १८७ मतान्तरले पराजित गरेका थिए । भुसालले ६ हजार ४०५ मत प्राप्त गरेका थिए भने श्रेष्ठले ६ हजार २१८ मत र माओवादी केन्द्रका उम्मेदवार अशोक थापाले ४४३ मत ल्याएका थिए ।

यो नगरपालिकामा तीन प्रमुख दल एक्ला एक्लै चुनावमा प्रतिस्पर्धा गरेको अवस्थामा पनि एमालेलाई पराजित गर्न नेकपा एकीकृत समाजवादी मात्रै पनि भारी पर्न सक्ने आँकलन गरिएको छ ।

गुल्मीदरबार गाउँपालिकामा काँग्रेसका अशोक कुमार थापाले ५ हजार ५६५ मत ल्याएर जित हासिल गरेका थिए । यहाँ एमालेका कृष्ण भुसालले ४ हजार ७५० मत ल्याएका थिए । एमाले विभाजन भइसकेका कारण अहिले यो पालिकामा आफू एक्लै लडे पनि सहजै जित्ने काँग्रेसको आँकलन छ ।

यो समाचार आजको रातोपाटिमा छ ।

 

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑