• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 13, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

मध्यपहाडी लोकमार्ग : समस्याग्रस्त बोक्सेमा ढलान, अन्यमा धमाधम काम

खप्तड मालिका न्युज March 27, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,१३-  पानी पर्नासाथ बागलुङ नगरपालिका–३ स्थित बाक्से खाल्टोमा पहिरो खसेर मध्यपहाडी लोकमार्ग अवरुद्ध हुन्छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको सबैभन्दा समस्याग्रस्त क्षेत्र बोक्से क्षेत्र कमजोर भौगोलिक बनावट र पानीको मूलका कारण बर्खामा मात्रै होइन, हिउँदमा सुक्खा पहिरो खस्छ ।

बर्खा लाग्यो भने त लोकमार्ग आयोजनाले पहिरो पन्छाउन आवश्यक उपकरणहरू बोक्सेमै राख्नुपर्ने अवस्था छ । लोकमार्गको टाउको दुखाइ बन्दै आएको बोक्सेमा अहिले भने धमाधम सडक ढलान भइरहेको छ । सडक ढलानपछि लोकमार्गको समस्या केही हदसम्म हटेर जाने लोकमार्ग आयोजना कार्यालयको भनाइ छ ।

अहिले बोक्से खाल्टोमा धमाधम लोकमार्गको ढलान कार्य भइरहेको छ । लामो समयदेखि अलपत्र पर्दै आएको मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ जिल्लाको सदरमुकाम खण्डमा फागुनबाट कामले तीव्रता पाएको छ । अहिले भइरहेको कामले लोकमार्ग कालोपत्र हुने आस पलाएको छ ।

अहिले जिल्ला सदरमुकामबाट अछेतेतर्फ खहरेखोलासम्म ग्राभेलको काम धमाधम गरेको छ भने लोकमार्गको सबैभन्दा बढी समस्याग्रस्त क्षेत्र बोक्से खाल्टोमा ढलान गरिरहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

लोकमार्ग आयोजना कार्यालयको निरन्तरको ताकेतापछि अहिले लोकमार्गले गति लिएको र बागलुङ बजारबाट अछेतसम्म कालोपत्रका लागि धमाधम भौतिक पूर्वाधार ग्राभेलको काम भइरहेको छ भने बोक्से क्षेत्रको ३०० मिटर सडक ढलान गरिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका नारायणदत्त भण्डारीले जानकारी दिनुभयो ।

“सडक कालोपत्रका लागि निरन्तर ताकेता गरेपछि अहिले बागलुङ बजारबाट अछेतेसम्मको सडकले गति लिएको छ, बजारबाट बोक्सेसम्मको सडक त कालोपत्रका लागि तयारी भइसकेको छ”, उनले भने, “निरन्तररूपमा पहिरो खसेर सडक अवरुद्ध हुने स्थान बोक्सेमा कालोपत्र नगरेर ढालन गरिएको छ, पहिरो खसेपछि कालोपत्र बिग्रिन्छ, जमिनमुनिबाट समेत मूल फुट्छ, ढालन गरेपछि पहिरो पन्छाउनासाथ सवारी रोकिँदैन ।”

सबैभन्दा बढी समस्याग्रस्त क्षेत्रमा ढलान गरेपछि पहिराका कारण सवारी फस्ने समस्या हटेर जाने आयोजनाको विश्वास छ । सदरमुकामदेखि अछेते बजारसम्म तत्कालै कालोपत्र गरेपछि त्यसमाथिको सडक ग्राभेल गरिने छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको जिल्ला सदरमुकाम खण्ड ठेक्का सम्झौता भएको छ वर्ष लाग्दासमेत कालोपत्र हुनसकेको छैन ।

लामो समयदेखि केही काम हुँदै केही रोकिँदै गरेको सडक अहिले भने कालोपत्र हुने छाँटकाँट देखेको बागलुङ नगरपालिका–३ खहरेका स्थानीयवासी जङ्गबहादुर कार्कीले विश्वास व्यक्त गरे। मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटरबाहेक अन्य सडक कालोपत्र भइसकेको छ । मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ बजार उपल्लाचौर–अक्षेते–बिहुँ खण्ड र बिहुँ–घोडाबाँधे सडकखण्डको २५ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर ठेक्का भएको थियो ।

उपल्लाचौरबाट अक्षेते–बिहुँ खण्ड विसं २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ–घोडाबाँधे खण्ड विसं २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेको थियो । कूल एक हजार ७७६ किलोमिटर लोकमार्गको बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । जसमध्ये बागलुङमा २५ किलोमिटरमात्रै सडक कालोपत्र गर्न बाँकी भएको छ ।

यस्तै मध्यपहाडी लोकमार्गको कालोपत्र भइसकेको घोडाँबाधे–गलकोट खण्ड कालोपत्र गरिएको चार वर्ष नबित्दै क्षतविक्षत भइरहेको छ ।

पहिराका कारण मध्यपहाडी लोकमार्गको घोडाबाँधेबाट गलकोटसम्मको सडकमा खाल्डाखुल्डी परेको छ भने कालोपत्र उप्किएर ग्राभेल निस्किएको छ । उक्त सडक मर्मतका लागि बजेटको विषयमा छलफल भइरहेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑