
मानदेव रोकाया/ बाजुरा : समुदाय सरकारी वकिल एवम् कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । महान्यायाधिवक्ताको कार्यालय रामशाहपथ को आयोजनामा सन्चालन भएको उक्त कार्यक्रम बढिमालिका नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ । कार्यक्रममा समाजमा रहेका बिद्द्मान समस्या र त्यसको समाधान कसरी गर्ने भन्ने विषयमा सरोकारवाला छलफल गरिएको हो । जिल्लामा हाल ९६ वटा मुद्दा विभिन्न कसुरमा रहेका छन् । जसमध्ये जबर्जस्ती करणिका १५, अभद्र व्यबहार सम्बन्धि २८,आत्महत्या दुरुत्शाहन ५, सवारी ज्यान ६, बहुविवाह ४, कर्तव्य ज्यान ४ ,हातहतियार खजना ३,गर्वपतन २ , छुवाछूत २ , बैवाहिक बलात्कार १ , बैंकिङ कसुर १ , कुटपिट १, ठगि मुद्दा १ , बिस्फोटक पदार्थ १ रहेका छन् ।
त्यस्तै चोरी सम्बन्धि ४ , बालविवाह १ , ज्यानमार्ने उद्योगमा ३ , सवारी क्षतिपूर्ति ३ , जबर्जस्ती करणि उद्धोग ३ , लागुऔसध २ , मानव बेचबिखन तथा ओसारपसार २ र वन सम्बन्धि ४ वटा मुद्दा बिचाराधिन अबस्थामा रहेको सरकारी वकिल कार्यालय बाजुराका सहायक जिल्ला न्यायधिवक्ता चुडामणि पराजुलिले जानकारी गराउनु भएको थियो । कार्यक्रममा बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवाल , बडिमालिका नगरपालिकाका उप-प्रमुख कबिता बिष्ट , बुढिगङ्गा नगरपालिकाका प्रमुख दिपक बिक्रम शाह , बडिमालिका नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश रावल , जिल्ला अदालतका माननीय सह न्यायधिवक्ता हरिप्रसाद घिमिरे , प्रमुख जिल्ला अधिकारि उपेन्द्रराज पौडेल , जिल्ला सरकारी वकिल कार्यलयका सहायक जिल्ला न्यायधिवक्ता चुडामणि पराजुली , प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझा , नेपाली काङ्ग्रेस प्रदेश ख सभापति रङ्ग बहादुर खाती , नेपाली काङ्ग्रेस बडिमालिका नगर कार्यसमिति सभापति गोपाल कार्की , त्यस्तै नेपाली काङ्ग्रेस गौमुल गाउँकार्यसमिति सभापति राज बहादुर धामी , लगायत सय बढीको सहभागिता रहेको थियोे ।
समापन कार्यक्रममा बोल्दै महान्यायधिवक्ता खातिले जिल्लामा रहेको कारागार व्यवस्थापनका लागि पटक पटक प्रधानमन्त्री र गृहमन्त्री सङ्ग सम्वाद भएको छ । साथै आफ्नो गृह जिल्ला पनि रहेकाले बिकासका कार्यमा मैले कुनै कसुर बाकी नराख्ने बताउनु भयो । कार्यक्रम महान्यायधिवक्ताको कार्यलयकी बिन्दु धामिले सन्चालन गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता माननिय महान्यायधिवक्ता खम्म बहादुर खातिले गर्नुभएको थियो ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर