
सर्मिला रोकाया/ बाजुरा- बाजुरामा म्यादी प्रहरीमा भर्ना हुनका लागि १ हजार ६ सय ४७ जनाले आवेदन दिएका छन् । हिजो सम्म तोकिएको भर्ना समयमा ४ सय ४९ जना महिला र १ हजार १ सय ९८ जना पुरुषले म्यादी प्रहरीमा भर्ना हुनका लागि आवेदन दिएका हुन । बाजुरामा आवेदन दिएका मध्यबाट ६ सय ६८ जनालाई छनोट गरिने जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी धनदेव साउँदले खप्तड मालिका न्युजलाई जानकारी दिनुभयो । आवेदन भरेकाहरुलाई चैत १३ गते सम्पर्क मिति तोकिएको छ भने चैत्र १५ गतेबाट छनोट प्रक्रिया सुरु हुने उहाँले बताउनुभएको छ । स्थानीय तहको निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना हुन इच्छुकका लागि चैत्र ११ गते सम्मको म्याद राखिएको थियो । छनौट भएकाहरुलाई एक हप्ताको तालिम दिएर चुनावी सुरक्षाका लागि खटाइने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर